BostonNepal

Thursday, July 17, 2014

अमेरिकाबाट निर्वाचन आयोगले मताधिकार बारे सुझाब संकलन सुरु

विजय थापा
साउन १ ,भर्जिनिया 

नेपालको संबैधानिक अंग ''निर्वाचन आयोग''को प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएका कार्यवहाक प्रमुख आयुक्त दोलख बहादुर गुरुङले डिसी महानगर क्षेत्रका नेपाली समुदायसंग विदेशमा रहेका नेपालीलाई कसरि मताधिकार गर्न दिने भन्ने बिषयमा नेपाली दुतावास तथा गैर आवासीय नेपाली संघ अमेरिकाको तत्वाधानमा एक अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l

कार्यवहाक प्रमुख आयुक्त दोलख बहादुर गुरुङले बिदेशमा रहेका नेपालीहरुलाई कसरि मताधिकार दिने भनि आयोगको दिर्घ कालिन योजना रहेकोले चार वटा मुलुकको भ्रमण गर्ने रहेको बताउनु भयो l सुझाब संकलन गर्न पहिलो अमेरिकालाई छनौट गरेको भन्दै उपस्थित सबैमा नेपालको परिवेशमा उपयुक्त सुझाब ,राय आउने विश्वास लिएको भन्दै यो आफुले अवसरको रुपमा लिएको उल्लेख गर्दै करिब ३० लाख नेपाली १०९ वटा देशमा छरिएर रहेको गैर आवासीय नेपाली संघको आंकडाले देखाएकोले उनीहरुलाई कसरि नेपालको निर्वाचनमा मताधिकार दिने भन्ने मुख्य उदेश्य भएको उक्त अन्तरक्रिया कार्यक्रममा बताउनु भयो l

वहाले थप सुझाब र सल्लाहले आयोगलाई थप नैतिक बल र उत्साह मिल्ने छ भन्दै गत निर्वाचनमा झन्डै ८० प्रतिसत नेपाली जनताले मत खसालेको उल्लेख गर्दै अब नेपाली जनता सचेत तथा जागरूप भै सकेको बताउनु भयो l

उक्त कार्यक्रममा प्रतिनिधि मण्डलमा आएका उप सचिबहरु द्वय दिपक कुमार श्रेष्ठ तथा सुभाष राईले नेपालको निर्वाचन बारेमा महत्वपूर्ण कुराहरु भन्दै बदर मत प्रतिसतमा घटेको ,नेपालले अस्ट्रेलिया ,भारत तथा दक्षिण कोरियासंग निर्वाचन सम्बन्धि एमओयु (सम्झौता ज्ञापन  पत्र )गरेको चर्चा गर्दै नेपालीहरु १०९ देशमा न्युनतम संख्या १८ हजार देखि ६ लाख सम्म रहेकोले कसरि उनीहरुलाई मताधिकारमा सहभागी गराउने भन्ने आयोगले यस्तो अन्तरक्रिया कार्यक्रम गरि सुझाब संकलन गर्न आएको बताए l  

उक्त कार्यक्रममा प्रश्न उत्तर राखिएको थियो भने कार्यवहाक प्रमुख आयुक्त दोलख बहादुर गुरुङले जवाफ दिनु भएको थियो l नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि राम घिमिरेले यस्तो अवसर पाएकोमा हर्ष व्यक्त गर्दै नेपाली समुदाय तथा नेपालबाट पाल्नु भएको कार्यवहाक प्रमुख आयुक्त दोलख बहादुर गुरुङ लगायत प्रतिनिधि मण्डललाई धन्यबाद दिनु भयो l

गैर आवासीय नेपाली संघ अमेरिकाका लागि नव निर्वाचित वरिष्ठ उपाधक्ष्य तथा ब्यबसायी लोक नाथ तिवारीले बाध्यताको कारण बिदेसिएका नेपालीहरुलाई मताधिकारबाट बन्चित गर्न नहुने भन्दै गत निर्वाचनमा झन्डै अस्सी प्रतिसत मत खसेको चर्चा गर्दै ३० लाख भन्दा ज्यादा नेपालीहरु बिदेशमा रहेकोले उनीहरु छुट्न गएकोमा अर्को निर्वाचनमा उनीहरुलाई मताधिकार दिनु पर्ने जोडदार माग गर्नु भयो l

उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका सल्लाहकार तथा सगरमाथा टेलिभिजन अमेरिकाका संस्थापक राम चन्द्र खरेलले अमेरिकामा कति नेपालीहरुको बसोबास छ भन्ने चर्चा परिचर्चामा रहेको बिषयलाई अमेरिकामा करिब तिन लाख पचास हजार जति नेपालीहरु भएको एन आर एन को २०१३ को आंकडाले देखाएको चर्चा गर्दै आउने संबिधानमा विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिस्चित होस् भनि मन्तब्य राखे l

न्युयोर्कबाट साप्ताहिक रुपमा प्रकाशित हुने खसोखास साप्ताहिकका सम्पादक किसोर पन्थीले बिगतमा ४ बर्ष सम्म संबिधान बनाउन नसकेको तितो अनुभूति सबै नेपालीले गरेकोले अब संबिधान बन्ने छ भन्ने कुरामा आफु बिश्वस्त रहेको उल्लेख गर्दै आग्रह गरे l

गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन पछि एन आर एन अमेरिकाको पहलमा यो अन्तरक्रिया कार्यक्रम पहिलो भएको एनआरएन  युएसएका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले बताए l

No comments:

Post a Comment