BostonNepal

Saturday, July 5, 2014

​​ ​​अमेरिकी राष्ट्रपतिबाट नेपाली समुदायको प्रशंसा


विजय थापा भर्जिनिया ,२१ वासिङटन डिसी, २१ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गर्नुभएको छ । अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संगठन एएनएको ३२ औं सम्मेलनमा सन्देश पठाउँदै राष्ट्रपति ओबामाले अमेरिकामा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको हो । ‘नेपालदेखि अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखि विभिन्न किसिमका पेशा व्यवसायमा संलग्न भइ हामीलाई सेवा पुर्‍याउने नेपाली अमेरिकी समुदायको प्रशंसा गर्न चाहन्छु ।’ ओबामाले भन्नुभएको छ । राष्ट्रपति ओबामाले डेमोक्रेटिक पार्टीका डल्लास जिल्ला अध्यक्ष नेपालीमुलका हरि शर्मामार्फत नेपाली समुदायलाई सन्देश पठाउनुभएको हो । एएनए उद्घाटन समारोहमा ओबामाले पठाएको सन्देश शर्माले पढेर सुनाउनु भएको थियो ।

 
समारोहमा ओबामाका एसिया प्यासिफिक आइल्याण्डका सल्लाहकार शेखर नरसिंहले पनि शुभकामना दिनुभएको थियो । राष्ट्रपति ओबाका साथै अमेरिकी सेनेटर मार्क आर वार्नर तथा ह्वाइट हाउसको एसिया प्यासिफिक आइल्याण्डर्सकी कार्यकारी निर्देशक किरण अहुजाले पनि नेपाली समुदायलाई शुभकामना सन्देश पठाउनुभएको थियो । र अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरेले शुभकामना दिनु भएको थियो l
 
एनएनए सम्मेलनको रन्को
 
वासिङटन डिसीको शेराटन प्रिमियर तारे होटलमा शुक्रबारदेखि सुरु भएको सम्मेलनको वलिउड स्टार मनिषा कोइरालाले उद्घाटन गर्नुभयो । ‘तपाईंको सानो सहयोगले पनि नेपालमा ठूलो सहयोग हुन्छ,’ उद्घाटन समारोहमा कोइरालाले आग्रह गर्नुभयो, ‘नेपाली सभ्यता, संस्कृति र पहिचानलाई दुनियाँभर लैजानुस, नेपाली आमालाई कहिल्यै नभुल्नस् ।’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले एएनए अझ शसक्त बन्दै गएको बताउनुभयो । सन् २००२ देखि नवीकरण नभएको एएनएलाई सन् २०१२ मा नवीकरण गर्नु आफ्नो कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो ।  एनएनए ३२ औं सम्मेलनका संयोजक हेमन्त श्रेष्ठले उत्तरअमेरिकामा रहेका नेपालीहरुका लागि एनएनए सम्मेलन पर्वका रुपमा स्थापित भएको बताउनुभयो ।
 
एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्माले नेपाली शिक्षा, संस्कृतिको जगेर्नाका लागि आफूहरुले ३२ बर्षअघि एएनए स्थापना गरेको स्मरण गराउनुभयो । कार्यक्रममा एनएनए हिरो २०१४ बाट नेपाली महिलाअधिकारकर्मी विष्णुकुमारी थापा, गिनिज बुकमा नाम लेखाउन सफल कृष्ण पाण्डे, समाजसेवी सरोज प्रजापति र १५ पटक सगरमाथा सफल आरोहण गरेका दोर्जी (लम्बु) शेर्पालाई सम्मान गरिएको थियो । यसैगरी, संचारक्षेत्रबाट नेपाली समुदायलाई योगदान पुर्‍याउने ह्वाइट हिमालय टेलिभिजन, अमेरिका नेपाल टेलिभिजन, एभरेष्ट टाइम्स, टेक्सास नेपाल डटकम लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।यसैगरी, सम्मेलनका सहसंयोजक लक्ष्मण प्रधान, कलाकार माल्भिका सुब्बा लगायतले समारोहलाई सम्बोधन गर्नुभएको थियो । यसै गरि समाज सेवामा योगदान गर्नु हुने तथा पुरस्कार सौजन्यकर्ता घर- ए- कवाब म्यारिल्याण्ड तथा क्विन्स डाई मण्ड एण्ड ज्वेलरी न्युयोर्क लाई पनि प्रशंशा पत्र वितरण गरिएको थियो l सम्मेलनमा विभिन्न फोरम, सांस्कृतिक कार्यक्रम, फेशन शो, फिल्म प्रदर्शन लगायतका कार्यक्रम भइरहेको आयोजकले बताएका छन् l
 
अमेरिकामा नेपालीहरुको जेष्ठ नागरिक क्लब
 
सम्मेलनमा अमेरिकामा रहेका नेपाली जेष्ठ नागरिकहरुका लागि क्लब बनाउने घोषणा गरिएको छ । यसको शुरुवात भर्जिनियाको आर्लिङटन र मेरिल्याण्डको मन्गोमेरी काउन्टीबाट गरिने भएको छ । नेपाल सिनियर्स कल्चर सेन्टर नाम दिइएको परियोजनाको संचालन नेपाली अमेरिकन नर्स एशोसिएशन(सान) अमेरिकन नेपाली सिनियर्स क्लब र नेपाः पासा पुच अमेरिकायबीचको समन्वयमा हुने भएको छ । नेपाली जेष्ठ नागरिकका समस्याहरुप्रति कसैको ध्यान नदिइरहेको अबस्थामा समुदायका अगुवा कार्यकर्ताहरुको पहलमा यो कार्यको शुरु गर्न लागिएको हो । सानका सल्लाहकार रिता तिवारीका अनुसार नौ जनाको समूहद्धारा यो परियोजना संचालन गर्न लागिएको । यी नौ जना बोर्ड अफ डाइरेक्टर्सले फरक फरक जिम्मेवारी लिएर क्लबको ब्याबस्थापन गर्नेछन् । उक्त बोर्ड अफ डाइरेक्टरमा रिता तिवारी, सरोज प्रजापति, प्रेम संग्रौला, मन्जु संग्रौला, शान्ति श्रेष्ठ, मगन श्रेष्ठ, राम मालाकार लगायतको संलग्नता रहेको छ ।​ ​यसै गरि आज जुलाई पांच तारिख को दिन रक्तदान गरिने जानकारी ब्लड डोनर्स अफ अमेरिकाका अधक्ष्य डा लिला कार्कीले बताउनु भयो l  हिजो साँझ सम्म सम्मेलनमा एक हजार भन्दा ज्यादा सहभागीहरुले दर्ता गराई सकेको जानकारी आयोजकले दिएका छन् l

No comments:

Post a Comment