BostonNepal

Sunday, July 6, 2014

बोस्टनमा नेवाः अर्गनाईजेशन अफ न्यू ईंग्लैण्डको आयोजनामा समे बजी (नेवारी प्रसाद) कार्यक्रम सम्पन्न

नेवाः अर्गनाईजेशन अफ न्यू ईंग्लैण्डको आयोजनामा यहि जून २९ तारिख २०१४, मा समे बजी (नेवारी प्रसाद)कोस्थानिय फिलिपिलो पार्क, वाटरटाउनमा आयोजना गरियो । बष्टन बरिपरिका बिभिन्न समुदायका ३२४ जना सहभागी रहेको उक्त कार्यक्रममा निलम श्रेष्ठ द्वारा निर्मित "समे बजि द्वों" (परम्परागत शैलीको समे बजि को राश) ले सबैको ध्यान तानेको थियो । अमेरिकामा पनि यस्तो परम्परागत तरिकाले निर्माण गरिएको र प्रयोग गरिएका सामाग्रीको निकै रुचीकासाथ हेरिएको थियो ।


परम्परागत नेवारी समे बजिमा चिउरा, भटमास, छोयला, मुलाको अचार, बोडी, आलुदम, र बारा समाबेश गरिएको थियो ।
आयोजक मध्येका गुभाजु श्री समन्त बज्राचार्यले भगबान गणेशको पूजाबाट शुभारम्भ गरिएको कार्यक्रममा कोखा (घांटीमा लगाउने रातो कपडा) र टीका लगाई दिएका थिए । 



उक्त संस्थाका अद्यक्ष कुमार सिन्दूराकारले सहभागीहरुको सद्भाब र स्वंयसेबीहरुको लगन र मिहेनत बिना यो स्तरको कार्यक्रम सम्भब नहुने बताए भने, संयोजक निराज श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।नेवारी भेषभुषामा उपस्थित बर्षिया सुश्री ब्रिटी प्रजापतिले नेवारी नाच नाचेका थिए ।

No comments:

Post a Comment