BostonNepal

Tuesday, September 16, 2014

बोष्टनमा बृहद बिराटनगर भेला सम्पन्न । जितेन्द्र श्रेष्ठको सँयोजकत्वमा १३ सदस्यिय कार्यसमिति गठन ।

यम पौडेल \ सेप्टेम्बर १५, २०१४ बोष्टन

नेपालको पुर्वाञ्चल बिराटनगर क्षेत्र र त्यहा वरपर बाट अमेरिकाको बोष्टन न्यु ईङलैण्ड क्षेत्रमा आइ बसोबास गर्ने नेपालीहरुको प्रथम बृहद भेटघाट तथा बार बे क्यु कार्यक्रम हिजो समरभिलमा सम्पन्न भयो । बृहद बिराटनगर समाज बोष्टन न्यु ईङ्लैण्ड को सो भेलाले समाजसेवी जितेन्द्र श्रेष्ठको सँयोजकत्वमा १३ सदस्यिय कार्यसमिति गठन गरेको छ । सँयोजक श्रेष्ठ बिराटनगरबाट आजभन्दा १५ बर्ष अगाडि अमेरिका आएका र  सन २००६ देखि बोष्टन आएका ब्यक्तित्व हुन । ऊहा अमेरिकामा नेपालीहरुको पशुपतिनाथबुद्द फाऊण्डेशन अफ न्यु इङलैण्ड समरभिल क्षेत्रिय कमिटीको समेत कोषाध्यक्ष रहि आएका छन ।


नया समितिको सँयोजकमा नियुक्त भएपछि आफुलाई बिश्वास गर्ने सबै सबै बृहद बिराटनगरप्रेमीलाई श्रेष्ठले आभार ब्यक्त गरे भने आफ्नो ज्ञान बिबेकले भ्यायसम्म ईमान्दारपुर्क समाज हाक्ने बताएका छन । आफ्नो देश नेपालको पक्षमा काम गर्न जन्मे हुर्केको क्षेत्रलाई  रोजिएको र त्यहाबाट अमेरिकाको ग्रेटरबोष्टन क्षेत्रमा आई बसोबास गर्ने बिभिन्न तह तप्काका नेपालीलाई समेटदै  ग्रेटर बिराटनगर क्षेत्रको बिभिन्न समस्या समाधानार्थ हातेमालो गर्ने यथाशक्य सहयोग जुटाऊने आफ्नो समाजको ऊद्देश्य भएको कुरा पनि नवनिर्वाचित सँयोजकले जनाए ।

४० जनाभन्दा बढि सहभागीता रहेको सो भेलाले सर्बसम्मत चयन गरेका समाजका बिभिन्न पदाधिकारिहरुमा को - अर्डिनेटर जितेन्द्र श्रेष्ठ”बिराटनगरे” समरभिल, एसिस्टेन्ट को-अर्डिनेटर किरण खडका समरभिल,जनरल सेक्रेटरि बिप्लव पोखरेल बर्लिङटन, ट्रेजरर अञ्जु थापा समरभिल, र एक्जुकेटिभ मेम्बरमा क्रमस: शुसिल नेपाल माल्देन , भरत पोखरेल एभरेट ,पेशल रेग्मी स्टाऊनटोन, बिनिता प्रधान समरभिल ,शुसिला दाहाल ,निरञ्जन खतिवडा समरभिल , पदम कार्की ,सुभाष पोखरेल समरभिल, निर्मल दाहाल अर्लिङटन रहेका छन भने सल्लाहकारमा डा. शिव गौतम न्युटन र ऊमेश कोइराला न्यु ह्याम्पसायर लाई चयन गरिएको छ ।

नवनिर्वाचित सँयोजक का अनुसार हिजोको प्रथम बृहद भेला सम्म आइपुग्न बिगतमा पनि निकै होमओर्क भएको जनाए । बिभिन्न चरणका भेटभाटमा पहिलो  जितेन्द्र श्रेष्ठको घरमा दोश्रो  भरत पोखरेल को घरमा र तेश्रो किरण खडका को घरमा भेटघाट सम्पन्न भएको पनि थाहा भयो  ।

यसरी सम्पन्न प्रथम बृहद बिराटनगरको भेलाबाट बिभिन्न निर्णय एवँ प्रतिबद्दताहरु भएको जनाईएको छ जसमा समाजको लागी हरेक सम्बद्द , सदस्य परिवारले प्रतिमहिना १५ डलरका दरले कोषमा रकम जम्मा गर्ने , कार्य समितिको नियमित बेठक फेब्रुवरी जुन र अक्टोबर मा बस्ने, साधारण सभा र बार बे क्यु पार्टी, बर्षको एक पटक जुन \ जुलाईमा हुने , समाजको बैङ्किङ कारोबारको लागी जितेन्द्र श्रेष्ठ, अञ्जु थापा र बिप्लव पोखरेल लाई जिम्मा दिने जस्ता निर्णय भएका छन । साथै समाजको कोषमा सहभागीहरुबाट हिजै ५८६ डलर जम्मा भएको पनि थाहा लागेको छ ।    

फोटो साभार : जितेन्द्र श्रेष्ठ 

No comments:

Post a Comment