यम पौडेल \ बोष्टन \ सेप्टेम्बर ८, २०१४
क्याम्ब्रिज सिटि बस्ने अप्टोमेट्रिका बिद्धार्थी राम के सि ले आफ्नी छोरी सोनिका के. सि. को जन्म दिनको ऊपलक्ष्यमा PABFON लाई ३०३ सहयोग गरेँ । सेप्टेम्बर ७ ता.छोरीको बर्थ डे का दिन घरमा गएका एक जना PABFON का पदाधिकारीलाई चेक थमाऊदै राम के सि ले भने “ छोरी ३ बर्षकी भइन तिन बर्षमा ३०३ दिन मन लाग्यो, हेर्नुस बिदेश बसिएको छ ,कुन दिन के पर्छ थाहा छैन, अस्तित्वको कुरा गर्दा नेपालीको शिर बेलाबखत झुक्ने गर्छ, नेपाली पहिचानका खातिर काम थालेको PABFON लाई छोटोमिठो बर्थ डे गरेर भएपनि थोरै सहयोग गर्न मन जाग्यो, सँस्था बैधानिक पनि भएछ , जुलाई २० तारिख फाइव ओ वान सि थ्रि पनि स्विकृत भएछ ।“ शुरुमा चेक लिदा त मलाइ सरप्राइज भयो तर राम के सि को तरिका साह्रै ऊत्तम लागेकाले यसलाई मेडिया मार्फत नै शेयर गर्न सान्दर्भिक ठाने, चेकलाई किन लुकाऊने ? समाचार नै बनाऊन ऊचित ठानेँ ।
राम के सि एक बिद्धार्थी हुन । ऊहा यसभन्दा अगाडि अप्रिल ७ तारिख समरभिलमा सम्पन्न पशुपतिनाथ बुद्द फाऊण्डेशनको प्रथम साधारण सभामा पहिलो पटक सहभागी भै PABFON को प्लान सुनेपछि तत्काल पकेटबाट ५०१ डलर निकालेर प्रदान गर्ने समाजसेवि पनि । हेर्नुस, मान्छे स्वभावैले सामाजिक प्राणी हो । राम्रो सामाजिक काम मा मान्छेको मन अटोमेटिक जान्छ । आ-आफ्नो स्थितिको कुरा मत्रै हो । फेरी मान्छे आफ्नै अस्तित्वमा रहन चाहन्छ देशको अस्तित्वसगै बाच्न चाहन्छ । कसैले ब्यक्त गरेपनि नगरेपनि बिश्व परिवेशमा नेपालीको शिर बेलाबखत झुक्ने गर्छ । त्यसैले नेपालीको शिर माथी हुने काम कसैले गर्छ, अझ धेरै मिलेर त्यसको थालनी हुन्छ भने त्यसलाई सबैले आ-आफ्नो तह तप्काबाट सहयोग गर्नु पर्छ । हार्दिकता जनाऊनुपर्छ । यसमा राम के सि को सोच ( तरिका ) साह्रै सह्राहनिय लाग्यो ।
नेपाली बसोबास गर्न थालेको ३५\४० बर्ष भइसकेको ग्रेटर बोष्टनमा हजारौको सँख्यामा नेपालीहरु भेटिन्छन । हरेक बर्ष नेपाली नया बर्ष, दशै, तिहार, तिज, र ल्होछार जस्ता कार्यक्रमहरु भब्य रुपमै हुने गर्छन । निकै महँगो हल लिएर भनेपनि दु:ख सु:ख पुगी नपुगी हजारौ डलर अरुलाई बुझाऊनै परेको स्थिति छ नेपालिले। यस्तो स्थितिमा PABFON अर्थात पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यु इँङ्लैण्ड ले पशुपतिनाथ र बुद्दको मन्दिर सहित नेपाली कम्युनिटी सेन्टर बनाऊने अभियान बढाएको छ । ढिलै भएपनि राम्रो कामको थालनी भएको छ बोष्टनमा । फाइव ओ वान सि स्विकृत नहुदै सँकलित वा बोलकबोल सहित सँस्थाको आर्थिक हैसियत साढे तिनलाख बन्दा बढी भैसकेको स्थिति छ भने ह्वात्तै सहयोग बढने माहौल देखिएको छ । कार्यक्रम पनि घमाधम सार्बनजिक भएका छन ।PABFON को सहयोगार्थ अक्टोबर १३ तारिख सोमबार बेलुका नेपाली फिल्म “झोला” देखाइदैछ भने अक्टोबर २६ ता.बेलुका आइतबार “मह जात्रा” आयोजित छ । त्यसपछि २०१४ को तिहार सगैPABFON तात्नेछ । ठाऊको निर्क्यौल हुदैजानेछ, ५ बर्षमा १५ लाख डलरको योजनामा कम्युनिटि सेन्टर बनाऊने अभियानमा PABFON सुस्ताऊने छैन ।
यद्धपि सँस्थालाई सुस्ताऊन नदिनमा ग्रेटरबोष्टनबासी नेपालीको त्यतिकै हात हुनेछ , PABFON को पक्षमा सेप्टेम्बर २ ता. छोरी कृपाको बर्थ डे मा २०० डलर सहयोग गर्ने यम पौडेल र सेप्टेम्बर ७ ता. छोरी सोनिका के सि को बर्थ डे मा ३०३ डलर दिने बिद्धार्थी राम के सी जस्ता महानुभाव बढदै जाऊन , ऊहाहरुका जस्ता राम्रा राम्रा ऊपाय सँस्थाको पक्षमा थपिदै जाऊन सँस्थाको फन्ट कलेक्सनमा अभिबृद्दि आवस, कलेक्टेड फन्टलाई ईमान्दारीताका साथ कार्यान्वयन गर्नमा PABFON का कार्यकर्ता सक्षम रहुन, बेलाबखत नेपाली घर घरमा हुने बर्थ डे, पास्नी, ग्राजुएशन, परिवारिक ऊन्नति , घरपैचो,जब प्रोमोशन, मारिज युनिभर्सरी, पुजा आजा समेतका कार्यक्रम हरुमा सँस्थालाई धेर थोर सहयोग गर्दै PABFON को मिसन पुरा गर्ने तर्फ सम्बन्धित सबैको ध्यान जान सकोस भन्ने कामना सहित यतिबेला बोष्टनबासी नेपाली, कुनै न कुनै रुपमा सबैको हातेमालोको प्रतिक्षमा छन ।
" ह्याप्पि बर्थ डे छोरी सोनिका "
बुढापाकाले भन्थे एकछाक खान पुगोस एकमुठि दिन पुगोस ।
तन मन धन जे सकिन्छ त्यहि दिऊ ।
पशुपतिनाथ र बुद्द मन्दिर सगसगै बनाऊ ।
देश-बिदेश जहा बसौ धर्म गरौ पुण्य कमाऊ ।
नेपाली कम्युनिटी सेन्टर बोष्टनमा बनाऊ ।
No comments:
Post a Comment