BostonNepal

Thursday, September 25, 2014

डिसी नेपाली समाजले बिजया दशमीमा जमरा वितरण गर्ने

आदरणीय मित्रजन तथा बुवाआमा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा !
 
डिसी नेपाली समाज,अमेरिकाले बिगतका बर्षहरुमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरुको उच्च मुल्याङ्कन एबम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस बर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७१ को अबसरमा यही सेप्टेम्बर 25 तारिख, बिहीवार वैदिक विधिपूर्वक घटस्थापन गरी अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत रखिएको हुँदा उक्त दिनहरुमा गरिमामय उपस्थितिको कामना गर्दै अक्टोबर 3 तारिख शुक्रबार (बिजयादशमी) को दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई दुर्गा भवानीको दर्शन तथा ज्योतिषी पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचन् सहित् टीका तथा जमरा ग्रहण गर्नका लागि उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
 
नोट : छुट्टै जमरा राख्नको लागि सेप्टेम्बर 25 तारिखसम्म संपर्क गर्नु होला ।
 
कार्यक्रम समय तालिका :
 
सेप्टेम्बर 25 घटस्थापनाको दिन बिहीवार नबदुर्गा पूजा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म
अक्टोबर 1, 2014 बुधवार फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ६ बजे देखि ७ बजेसम्म 
अक्टोबर 2, 2014 बिहीवार महाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:३० देखि ०९:३० बजेसम्म
 
अक्टोबर 3, 2014 शुक्रबार बिजयादशमीको टीका तथा जमरा बितरण बिहान ७ बजेदेखि ११ बजेसम्म पूजा तथा कार्यक्रम स्थल : 
14102 Wood Rock Way, Centreville, VA, 20121
 
थप जानकारीका लागि संपर्क
 
१ अरुण रुपाखेती 703-909-7123
२ राजेन्द्र खनाल 703-870-6480
३.कमल पोखरेल 571-242-5280
४.चेतन सिटौला 703-477-9320 
5. हरिकृष्ण पुडासैनि 571-215-2422
 

No comments:

Post a Comment