राम थापाको अध्यक्षतामा ग्रेटर वोस्टन नेप्लिज कम्युनिटी (जीबीएनसी) को नयाँ कार्यसमिति गठन भएको छ । जीवीएनसीको २५ वर्षे इतिहासमा निर्वाचन प्रक्रियाबाट निर्वाचित भएको यो पहिलो कार्यसमिति हो ।
विजया दशमीको अवसर पारेर सोमवार साँझ आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष थापालगायत पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरियो । नवगठित कार्यसमितिमा ३१ जना रहेका छन् । नयाँ विधान अनुसार, चार जना अध्यक्षले मनोनयन गरेपछि कार्यसमिति ३५ सदस्यीय हुनेछ ।

सो कम्युनिटीको वरिष्ठ उपाध्यक्षमा विष्णुमणि आचार्य, उपाध्यक्षमा अर्जुनजंग कुँवर, महासचिवमा भक्त गुरुंग, सचिवमा पुष्प श्रेष्ठ, कोषाध्यक्षमा मिलन कार्की, सहकोषाध्यक्षमा जालप्रसाद घिमिरे रहनुभएको छ । त्यस्तैगरी सदस्यमा किरण खड्का, राम धिताल, पेशल राज रेग्मी, शिवराज मिश्र, श्रीमती आजाद प्रधान, श्रीमती मिलन पौडेल थापा, श्रीमती तृष्णा शर्मा, शम्भु अधिकारी, वृजेन्द्र प्रधान, सुनिल नेपाली, दिनेश पाण्डे, माधवप्रसाद दाहाल, आंग दावा शेर्पा, राधाकृष्ण पन्त, अजयकुमार आचार्य, श्रीमती ललिता शर्मा, श्रीमती अन्जु शर्मा, चन्द्र पुन, चिरञ्जीवी आचार्य, गोपालराज कँडेल, अखण्ड श्रेष्ठ, रोहन भारती, सूर्य गुरुंग र निरज राई रहेका छन् । कार्यसमितिको कार्यकाल दुइ वर्ष रहनेछ । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्यहरु भुवन गुरुंग, महेश्वर पन्त र विरोचन नेपालले प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा डा. शिव गौतम, प्रल्हाद केसी र निवर्तमान अध्यक्ष मिलन गुरुंगले जीवीएनसीका निवर्तमान पदाधिकारी लगायत जीवीएनसीमा पुर्याएको योगदानको कदर गर्दै पुष्कर न्यौपानेलाई पनि प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा गुरुंगले आफ्नो कार्यकालको संक्षिप्त कार्य प्रगतिको विवरणको उल्लेख गर्दै सबैबाट सहयोग पाएको जानकारी दिनुभएको थियो ।
नेपाली र अमेरिकी राष्ट्रिय गीतबाट प्रारम्भ भएको सो कार्यक्रममा जीवीएनसीका उपाध्यक्ष तथा पशुपतिनाथ वुद्ध फाउण्डेसनका अध्यक्ष विष्णुमणि आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको थियो भने विरोचन नेपालले जीवीएनसीको विधानका बारेमा जानकारी दिनुभएको थियो । उक्त अवसरमा कोषाध्यक्ष भक्त गुरुंगले दुइ वर्षे कार्यकालको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा अतिथि कलाकार कर्मा शेर्पाले हललाई नै जुरुक जुरुक उचाल्ने गरी आफ्नो कला प्रस्तुत गर्नुभएको थियो भने नृत्यंगना ललिता शर्माले नृत्य, महेश्वर पन्त र सुष्मा अधिकारीले गीत पस्कनुभएको थियो भने डिजे तासीद्धारा डिजे प्रस्तुत भएको थियो । कार्यक्रममा जीवीएनसीका सल्लाहकार लगायत पूर्वअध्यक्षहरु, वोस्टनमा वसोवास गर्ने नेपालीहरु लगायत विदेशीहरुको पनि उपस्थिति रहेको सो दशै पार्टी कार्यक्रममा हल खचाखच भरिएको थियो ।

अन्तमा नवनिर्वाचित अध्यक्ष थापाले वोस्टनवासी नेपाली समुदायलाई विजयादशमीको शुभकामना दिँदै यो संस्था सबैको साझा संस्था भएकोले आगामी दिनमा यस संस्थालाई अझ उचाइमा पुर्याउन सबैबाट सहयोगको अपेक्षा राख्नुभएको थियो । साथै श्री थापाले निवर्तमान अध्यक्ष मिलन गुरुंगलाई उहाँले विगतमा पुर्याृउनुभएको योगदानको कदर गर्दैै प्रशंसा पत्र पनि प्रदान गर्नुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव अर्जुनजंग कुँवर र सुष्मा अधिकारीले गर्नुभएको थियो । photos by sajha.com
No comments:
Post a Comment