समाचार प्रतिनिधि
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औ जन्मजयन्ती बोष्टनमा भव्य रुपले मनाउने भएको छ / समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/ आगामी कार्तिक १ गते अर्थात् अक्टुवर १८ शनिबार मनाउने उक्त कार्यक्रमका लागि बैठकले अनेसास बोस्टनका अध्यक्ष हरि काफ्लेलाई संयोजक पनि तोकेको छ / कार्यक्रममा बोस्टनका साथै न्युयोर्क, डिसी, कोलोराडो, न्युह्यामशायर लगाएतका अमेरिकी राज्यका साहित्यकारको जमघट हुने आयोजकले अपेक्षा गरेका छन्|
गोवर्धन पूजा
महासचिव
अनेसास , केन्द्र
No comments:
Post a Comment