BostonNepal

Monday, December 15, 2014

बोष्टनमा पशुपतिनाथबुद्द फाऊण्डेशनको पुर्ण बैठक सम्पन्न ।

बोष्टनमा पशुपतिनाथबुद्द फाऊण्डेशनको पुर्ण बैठक सम्पन्न । पछिल्ला कार्यक्रमबाट  सँस्थालाई ३३४५८ डलर आम्दानि ।

यम पौडेल \ मेडिया चिफ \ डिसेम्बर १२,२०१४

बोष्टनमा पशुपतिनाथ र बुद्दको मन्दिर सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियानमा अगाडि बढिरहेको पशुपतिनाथबुद्द फाऊण्डेशन न्यु ईङलैण्डको पुर्ण बैठक डिसेम्बर ८,२०१४ का दिन समरभिलको मसाला रेष्टुरेन्टमा सम्पन्न भयो । सँस्थाका चियर्श पर्शन मिलन गुरुङको अध्यक्षतामा बसेको बैठकले फाऊण्डेशनका पछिल्ला कार्यक्रम बाट भएको आम्दानी ३३४५८ डलर र खर्च १०८० डलर लाई अनुमोदन गरेको छ ।


आम्दानी भएको रकममा फिल्म “साथि म तिम्रो” बाट ११५७ डलर, फिल्म “ झोला “बाट ५०० डलर, २ दिन सम्म आयोजित महजात्रा बाट ५०५२ डलर,भैलिधौसि खेल्दा बेल्मोनबाट ३७४७ डलर, बेडफोर्डबाट १२२७ डलर, अर्लिङटन बाट ३५६३ डलर,समरभिलबाट ३५०८ डलर, एभरेटबाट २८०७ डलर,टाऊनटोनबाट २४१९ डलर,मेटफिल(हिमालयन बिष्ट्रो) बाट २९७३ डलर, मेटफिल( नरऊड सब कमिटि ) बाट ५३३९ डलर का अतिरिक्त फाइब ओ वान सि थ्रि आएको खुसी मा यम पौडेलले दिएको २०१, कृपा पौडेलको को बर्थ डे मा सम्झिएको २०१, राम के सि ले छोरीको बर्थ डे मा सम्झिएको ३०३, हरि काफ्ले ले छोरा हार्दिक काफ्ले जन्मदा सँस्थालाई सम्झिएको २००, कृति तामाङको स्विटस सिक्टिन सम्झिएको २०१,र कवि रमेश खकुरेल बाट प्राप्त ६० सहित बिबिध तर्फको जम्मा ११६६ डलर पनि बैठकले आम्दानीमा समाबेश गरेको थियो भने खर्च तर्फ सँस्थाले वेबसाईड बनाएको र भैलीधौसीमा भएको खर्च गरि जम्मा १०८० डलर मात्र पास भयो ।


बैठकमा सस्थाका अध्यक्ष बिष्णुमणि आचार्यव्दारा फाऊण्डेशनका पछिल्ला गतिबिधि प्रस्तुत गरिएको थिए भने आर्थिक बिभाग प्रमुख भुवन गुरुङ तथा कोषाध्यक्ष शुसिल पौडेल ले तयार गरेको ऊल्लेख भएअनुसारको आर्थिक बिबरण प्रस्तुत गरिएको थियो । प्रस्तुत बिबरण ऊपर निकै छलफल भएको र पछिल्ला कार्यक्रमको बारेमा छुट्टाछुट्टै समिक्षा समेत भएको थियो । बैठकले फाऊण्डेशनको अभियानमा साथ दिने र कार्यक्रम हरुमा खटने सबै पदाधिकारीप्रति हार्दिक आभार ब्यक्त गरेको छ ।

जुलाई २०, २०१४ मा सँस्थाको फाइब वान सि थ्रि आइसकेकोले लक्ष्य अनुसारको काम गर्न फाऊण्डेशनलाई अब कुनैपनि कानुनी बाधा नभएको हुदा सँस्था नसुस्ताई अगाडी बढनुपर्नेमा  सहभागी सबैले आ-आफ्नो धारणा राखेका थिए । फाऊण्डेशनका महासचिब त्रय महेश्वर पन्त, बिरोचन नेपाल तथा ध्रुब घिमिरेले ले बिभिन्न एजेण्डाऊपर छलफल चलाएका थिए भने फाऊण्डेशनका पदाधिकारीहरु, फाऊण्डेशनकै नरऊड मेट्रोवेष्ट क्षत्रिय सब कमिटि र समरभिल क्षत्रिय सब कमिटिका पदाधिकारीहरु सबैले आ- आफ्नो बिचार राखेका थिए ।


माल्देन का मेयरले फाऊण्डेशनको ऊद्देश्यमा सघाऊन चासो दिएअनुरुप ऊहासमक्ष भेटेर केहि निचोडमा पुग्ने गरि सँस्थाका खास खास पदाधिकारी सहितको टिम गयर भेटेर आएपछि  यथाशिघ्र फाऊण्डेशनको साधारण सभा बोलाऊने , साथै फाऊण्डेशनको लागि बिभिन्न पदाधिकारी तथा सामाजिक ब्यक्तित्वबाट बोलिएको रकम नयाबर्ष सगै जनवरी देखि ऊठाऊन शुरु गर्ने बिषयमा सबैको सहमति भएको छ । स्मरणिय रहोस यसरि बोलिएको रकम तिन लाखको हाराहारिमा रहेको छ ।

धन्यबाद




No comments:

Post a Comment