BostonNepal

Tuesday, December 16, 2014

बोष्टनमा बर्थ डे मा ब्याब्फोनलाई सम्झने गर्ने क्रम बढ्यो ।

यम पौडेल , बोष्टन |बोष्टन, नोभेम्बर २२ ,२०१४ शनिबारका दिन अर्लिङटन निबासी बिजय तामाङ तथा सरिता तामाङ कि सुपुत्री सुश्री कृति तामाङ १६ बर्ष पुगेको ऊपलक्ष्यमा वाटरटाऊन को ४६५ माऊण्ट ओवन स्थित “सेन्ट जेम्स अर्मिनियन अपोष्टोलिक चर्च “ को सभा हलमा स्विट सिक्स्टिन प्रोग्राम हुदा मातापिता सरिता तामाङ तथा बिजय तामाङले पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई सम्झेर डोनेशन गरेको रकम २०१ डलर को चेक प्याब्फोनको मिटिङमा यम पौडेलले अघिल्लो हप्ता हस्ताँतरण गरेँ ।

आफ्नो परिवारिक खुसी सगै थोरै भएपनि खुसी बाडन मन लाग्यो ।आफ्नो पारिवारिक जमघट हुनेबेला थोरै भएपनि आत्मियता साटन मन लाग्यो । मिठोकुरा बाडिचुडी खादा थोरैभएपनि आफ्नो सँस्थालाई सम्झन मन लाग्यो । सबै नेपाली मिलेर स्थापित भएको सँस्था हो । आफन्तहरु मात्र हैन सँस्थापनि सगसगै मनमा बसाऊन मन लाग्यो । झट्ट मनमा २०१ डलर दिने मन आयो थोरै सहयोग भएपनि भनिदिनुस , पछि थप्दै जानेछौ ,यसले सहयोग थप्ने बाटो बनाऊदै जानेछ भनि कृतिको ममि सरिता तामाङ ले भनेपछि कार्यक्रममा सहभागी यम पौडेलले सो कुरा कार्यक्रममै सुनाए ।
नेपालमा पनि १६ बर्षे जिवनको महत्व निकै भएको बर्णन गरिन्छ । झन अमेरिकामा त यसको महत्व बिशेष छ । नेपालीलाई पनि राम्रै लाग्ने गरेको स्विट सिक्टिन अमेरिकाको चलन अनुसार छोरी १६ बर्षमा पुगेपछि मनाइदो रहेछ । १६ बर्षपछि पढाइको क्रममा छोराछोरी टाढिदै जाने , छोरीलाई बाबाआमा र इष्टमित्रहरुको मिस भइरहोस, राम्रो पढन टेवा पुगोस, पारिवारिक हौसला प्रदान होस, परिवारलाई नभुलुन भन्ने जस्ता कुराहरुले गर्दापनि स्विटस सिक्स्टिन झ्याङ्गिदै गएको रहेछ । फेरि पढदै जाने छोराछोरीको बिबहा बाबाआमाले चाहेजसरि हुने सँभावना अमेरिकामा नगण्य मात्रामा हुनेहुदा स्विटस सिक्स्टिन मा बाबाआमाको मन छोरीप्रति मज्जाले जाग्ने रहेछ । यहि देखियो छोरी कृतिको स्विटस सिक्स्टिनमा ।
कार्यक्रममा परिवार नजिकका ईष्टमित्रका अतिरिक्त बिभिन्न नेपाली समाजका पदाधिकारीहरुको ऊल्लेख्य ऊपस्थिति देखिन्थ्यो ।कार्यक्रम हल निकै सिगार पटार गरिएको थियो । मिठामिठा सेलरोटी, तारेका माछा सहितको हिमालयन बोष्ट्रो को स्पेशल मेनुको नेपाली परिकारले स्विटस सिक्स्टिन सजिएको थियो । कार्यक्रममा सहभागी प्राय सबै नेपालीहरु नेपाली भेषभुषामा आएका थिए । नेपाली परिकारको स्वाद लिदै एकादुइ अमेरिकन पाहुनाहरु निकै अभिरुचिका साथ नेपालीहरुको नाचगान हेर्दै थिए । कार्यक्रमलाई राम्रो बनाऊन बोष्टनका अग्रज समाजसेवी ब्यक्तित्व प्रेम तामाङ लगायत आयोजकका नजिकको नातेदार निकै खटेको देखिन्थ्यो । साऊण्ड सिष्टम र नेपाली गित सँगितले पनि स्विटस सिक्स्टिनलाई हराभरा पारेको थियो ।
बिजय तामाङ नेपालको धादिङ थानकोट नजिकै छत्रे देऊराली बाट आजभन्दा ११ बर्ष अगाडी अमेरिका आऊनुभएको अत्यन्त सामाजिक ब्यक्तित्ब हुनुहुन्छ भने बिगतमा बोष्टनमा लामो समय आफ्नो अध्यक्षतामा “नेपाली खबर” प्रकाशन गरि निकै अप्ठ्यारो र अनुकरणिय काम गरि अत्यधिक नेपालीको आखामा बस्न सफल हुनुभएको छ । हाल ऊहा पशुपतिनाथ बुद्द फाऊण्डेशन को आर्थिक बिभागका एक कोषाध्यक्ष्य पनि हुनुहुन्छ र सरिता तामाङ तथा छोरी कृति अमेरिका आएको भने ६ बर्षमात्र भएको छ । छोरी कृति हाल हाइस्कुल ११ कक्षामा पढछिन ऊनको गणित (म्याथ ) सबैभन्दा ऊत्कृष्ट छ । छोरी कृतिको ऊत्कृष्टताले शिखर चुम्दै जावस । परिवार, इष्टमित्र , नेपाली समाज र नेपालको लागी समेत छोरी कृति एक नमुना बन्न सकुन । छोरी कृति तामाङलाई हाम्रो पुन : पुन शुभकामना ।

No comments:

Post a Comment