BostonNepal

Saturday, January 17, 2015

अनेसासको चौथो सम्मेलन जापानमा

समाचारदाता
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ / समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/ आगामी मोतिजयन्तिको अवसर पारेर गरिने उक्त सम्मेलनका लागि जापानमा पूर्व तयारीहरू सुरु गरिएको समाजका उपाध्यक्ष प्रकाश पौडेल माइलाले बताएका छन्/ कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यकारमा अलावा नेपाल, भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा लगायतका देश तथा महादेशीय प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ/

सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चात सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको डिसीमा क्रमश: दोश्रो र तेश्रो सम्मेलन सम्पन्न भइसकेका छन् /
बिगतका कार्यक्रमहरूबाट बटुलेको अनुभवले आगामी सम्मेलन शिष्ट र विशिष्ट बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी भइरहेको जानकारी दिदै समाजका महासचिव गोवर्धन पूजाले सम्मेलनले नेपाली भाषा र साहित्यका क्षेत्रमा केही ठोस योगदान दिने विश्वास व्यक्त गरे /


No comments:

Post a Comment