BostonNepal

Thursday, February 26, 2015

वोस्टनमा मेसिन रिडेबल पासपोर्ट जानकारीका लागि निम्न व्यक्ति सम्पर्क गर्नुहोला |


ग्रेटर वोस्टनवासी अादरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
हस्तलिखित नेपाली राहदानीलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा नवीकरण गर्ने कार्यलाई सहज र सुलभ बनाउन अमेरिकाका विभिन्न नौ सहरमा सम्पर्क व्यक्ति तोकिएको कुरा यहाँहरु सबैलाई सहर्ष अवगत गराउन चाहन्छु ।
यसै सिलसिलामा एमआरपी बनाउने प्रयोजनका लागि म्यासाच्युसेट्स क्षेत्रको सम्पर्क व्यक्ति (फोकल प्वाइन्ट) का रुपमा मलाई तोकिएको छ । अन्तर्राष्ट्रिय नियमानुसार, हस्तलिखित पासपोर्टलाई आगामी नोभेम्वर २४ पछि मान्यता नदिइने र हवाइ यात्रा गर्न नमिल्ने भएकोले अवधि नसकिएको भए पनि यसको नवीकरण गरिसक्नुपर्ने हुन्छ ।
एमआरपी नवीकरण सम्बन्धी कार्यका लागि यस क्षेत्रमा पनि दूवावासका प्रतिनिधिहरुलाई सकेसम्म छिटो ल्याउने प्रयास भइरहेको छ । उहाँहरु आउने मितिको जानकारी आएपछि यहाँहरु सबैलाई अवगत गराउने नै छौँ ।
यस वाहेक सो फर्म भर्ने तौरतरिका सम्वन्धमा राजदूतावासको वेभसाइटबाट पनि हेर्न सकिनेछ । फर्म भर्नु अघि तल दिइएका सम्वन्धित लिंकहरु राम्रोसँग अध्ययन गर्न पनि अनुरोध गरिन्छ । फर्म प्राप्त गर्नंको लागि निम्न व्यक्ति तथा स्थानमा सम्पर्क राख्नहुन पनि हामी सबै वोस्टनवासीसमक्ष हार्दिक अनुरोध गर्दछौँ ।

भवदीय
राम थापा, अध्यक्ष
एवं
जीवीएनसी परिवार । 

तपसिल ः
राम थापा    617-230-1194 
विष्णुमणि आचार्य    781-962-1976
अर्जुन जंग कुँवर    617-386-3410 
भक्त गुरुंग   774-232-7681
मिलन कुमार कार्की    781-467-8927
जालप्रसाद घिमिरे (फिस्टेल किचेन)    617-417-7417 
मिलन गुरुंग     857-373-9686
ध्रुव घिमिरे     617-818-3632
विरोचन नेपाल    857-719-6333 
विष्णु कार्की    781-354-8388
महेश्वर पन्त    508-254-3193
भुवन गुरुंग     617-610-8374
पुष्कर न्यौपाने सीपीए     617-717-8108
वम्वै मार्केट, समरभिल     617-623-6614

No comments:

Post a Comment