BostonNepal

Saturday, April 11, 2015

शुभकामना साँझ कार्यक्रम आयोजकको तर्फबाट धन्यवाद ज्ञापन

नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा यहि अप्रिल ४ तारिकको दिन भर्जिनिया राज्यको एनेन्डेल स्थित नोभा कलेजमा सामुदायिक संस्थाद्धारा आयोजना गरिएको शुभकामना साँझ’ कार्यक्रम अत्यधिक सफलताका साथ सुसम्पन्न भएको कुरा सम्पूर्ण नेपाली समुदायमा जानकारी गराउँदछौँ ।

 
नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वर्धन र विकासको लागि प्रवासमागरिने विभिन्न साँस्कृतिक कार्यक्रमको सन्दर्भमा यो अर्को शृंखला हो । नेपाली जनजीवनका साँस्कृतिक तथा सामाजिक चित्रण, गीत तथा संगित अनि प्रहशन मार्फत प्रवासमा पदर्शन गर्दा यहाँ रहेका नयाँ पुस्ताले अवश्य पनि साँस्कृतिक परिचय प्राप्त गर्ने अवसर प्राप्त गर्न सक्नेछन् भन्ने आयोजकको ध्येय रहेको थियो । 
 
सो कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरुको उपस्थितिले दर्शाएको माया, प्रेम र विश्वास प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।स्थानीय कलाकार तथा वाद्य वादकहरुले आफ्नो कला र सीप प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दछौँ ।
 
नेपाली हाँस्य तथा गायन क्षेत्रका चर्चित कलाकारहरु सीताराम कट्टेल ‘धुर्मुस, कुञ्जना घिमिरे ‘सुन्तली’, प्रमोद खरेल, पशुपति शर्मा तथा संगिता थापा मगरलाई विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छौँ । साथै कलाकारहरुलाई नेपालबाट अमेरिकासम्म ल्याउन तथा कार्यक्रम प्रदर्शन गर्न संयोजन गर्नुहुने वल्र्ड विजिनेस एण्ड मेनेजमेन्टका बुद्धिप्रसाद रेग्मी धन्यवादका पात्र हुनुहुन्छ ।
 
नेपालका चर्चित तथा लोकप्रीय कलाकारहरुलाई सम्मान प्रदान गरिदिनु हुने नेपाल दुतावासका कार्यबाहक राजदूत ऋषिराम घिमिरे, मेरिलैण्ड तथा पेन्सीलभानियाका महावाणिज्य दूत प्रेमराजा महत, एनआरएन युएसएका बरिष्ठ उपाध्यक्ष लोक तिवारी, अमेरिकी नेपाल महिला संघ एन्वा का अध्यक्ष विजया शाह तथा युनाइटेड नेपालका उपाध्यक्ष किरण प्रताप के.सी. प्रति आयोजक हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ ।
 
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबै स्वयंसेवकहरुको योगदान प्रशंसनीय रहेको थियो भने कार्यक्रम प्रायोजन गरिदिनु हुने सबै सहयोगीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
 
नेपाली कला र संस्कृतिलाई सम्मान व्यक्त गरि प्रत्यक्ष तथा परोक्षरुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । भविष्यमा समेत यहाँहरुबाट यस्तै सहयोग, माया, सद्भाव र साथ पाउने कुरामा विश्वस्त छौँ ।
 
धन्यवाद ।

No comments:

Post a Comment