BostonNepal

Saturday, April 11, 2015

संगीता थापामगर र पशुपती शर्माको दोहोरीमा बोस्टनका नेपाली झुमे

वाशिंगटन डिसी - नेपालका चर्चित दोहोरी कलाकारहरू पशुपती शर्मा र संगीता थापामगरको दोहोरी गीतमा अमेरिकाको बोस्टन शहरका नेपालीहरू गत आईतबार र सोमबार दुई दुई दिन नाच्नु नाचेको खबर छ । आईतबार ५००, सोमबार ४०० र स्वयंसेवक तथा कलाकारहरू गरेर करीब एकहजार नेपाली धुर्मुस र सुन्तलीको कार्यक्रममा उपस्थित थिए र सबैभन्दा धेरै दर्शक दोहोरीमा नाचेको देखियो । २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर अमेरिका आएका कलाकारहरुले गत अप्रिल ५ र ६ तारिखमा बोष्टन भब्य प्रस्तुति गरेका छन् ।


नेपालका हास्य अभिनय क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), नेपाली आधुनिक गितका अत्यधिक चर्चित गायक प्रमोद खरेल, चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र लोक दोहोरी गायिका सँगिता थापा मगरले बोष्टन घन्काएका थिए । सिताराम कट्टेल (धुर्मुस) तथा कुन्जना घिमिरे९सुन्तली० को बेजोड प्रहसनलाई दर्शकले खुब मन पराई धित मर्ने गरि हासेका थिए । मनै छुने मलाई अमेरिका यहि, मलाई बेलायत पनि यहि जस्ता किसिम किसिमका सन्देशमुलक लोक दोहोरी गीत, पशुपति शर्मा र सँगिता थापा मगरको प्रतक्ष्य लोक दोहोरीमा दर्शकहरू गतस् आईतबार र सोमबार दुई दुई दिन नाच्नु नाचेका थिए । यसै गरि म बिना कसै कसैलाई मुस्किल छ पोखरामा जस्ता मन्त्रमुग्ध आधुनिक गित गायक प्रमोद खरेलका साथै बोष्टनका स्थानिय नेपाली कलाकारहरु र बोष्टन लोक सुसेली समुहका कलाकारहरुले बोस्टन तताएका थिए

जिएनबिसिको आयोजनामा भएको रमाईलो साँझ सफलता पुर्वक सम्पन्न भएको छ भने उक्त कार्यक्रमको संयोजक जिबिएनसिका पुर्व अध्यक्ष ध्रुब घिमिरे रहेका थिए । वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले बिशेष गरि जिबिएनसिका अध्यक्ष राम थापा, जिबिएनसिका पुर्व अध्यक्ष ध्रुब घिमिरे तथा सहयोग गर्नु हुने सम्पूर्ण बोस्टनका नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।

भुटानी समुदायको पनि उपस्थिति रहेको थियो । २०७२ नया बर्ष धमाका भाग १ का सम्पूर्ण कलाकारहरु अप्रिल १० मा टेक्सासको हुस्टनमा हुने कार्यक्रमको लागि अप्रिल ९ तारिख नै हुस्टन पुगी सकेका छौ भनि कार्यक्रम संयोजक बुद्धि प्रसाद रेग्मीले बताए । अप्रिल १० शुक्रबार हुस्टन, अप्रिल ११ डालस तथा अप्रिल १२ मा अस्टिनमा कार्यक्रम गर्ने छौ भन्दै नेपाली समुदायलाई हास्न, नाच्न र गीत गजल सुन्न तयार बस्न रेग्मीले आग्रह गरेका छन् ।

No comments:

Post a Comment