BostonNepal

Thursday, April 16, 2015

बोष्टनमा धुमधामपुर्ण बैसाखी साझ हुने दिन अप्रिल १९ तारिख एम आर पि फाराम बुझाऊन समेत आव्हान ।


यम पौडेल \ अप्रिल १५ , २०१५ |ग्रेटर बोष्टन मा नेपालीहरुको साझा सँस्था जिबिएनसिले नेपालीहरुको नया बर्ष सगै हरेक बर्ष मनाऊदै आएको बैसाखी साझ यसपटक आगामी अप्रिल १९ तारिख आइतबार भब्य रुपमा मनाऊने तयारी गरेको छ । वाटरटाऊन सिटिको प्लेजेन्ट सिटि स्थित हलमा ऊक्त दिन बिहान १० बजे देखि ५ बजेसम्म मेशिन रेडेबल पासपोर्ट को लागी फाराम सँकलन हुने र ६ देखि १० बजेसम्म ऊल्लासमय बाताबरणमा नयाबर्ष पोग्राम सँचालन हुने सँस्थाका अध्यक्ष राम थापाले जनाए ।


सो दिन अमेरिकाका लागी नेपाली कार्यबाहक राजदुत ऋषिराम घिमिरे लगायतका पदाधिकारी बोष्टन आऊने, नयाबर्ष रौनकमा सातवटा बिश्व किर्तिमान कायम गर्न सफल नेपाली रोहित तिमिल्सिना पनि बोष्टन आऊने , आमन्त्रित चर्चित नेपाली गायक नरेन्द्र प्यासी लगायत स्थानिय कलाकारको बेजोड साँस्कृतिक सँगम रहने , नेपाली गित सँगित अनि रमाईला नृत्य ले सबलाई तताऊने, डिजे धमाकाले नचाऊने नेपाली भेषभुषा र नेपाली खाना का परिकारले हल सजाऊने गरि तयारी भएको जिबिएनसिका पदाधिकारीले जनाएका छन ।

नोभेम्बर २४, २०१५ पश्चात हस्तलिखित पासपोर्टबाट यात्रा गर्न नपाईने भएकोले सो अगावै  बोष्टन तथा वरपरका राज्यहरुमा बस्ने सबै नेपालीको सजिलै एम आर पि बन्न सकोस भन्ने ऊद्देश्यले नेपाली दुताबास सँग समन्वय गरि जिबिएनसिले फाराम कलेक्सनको चाजोपाजो मिलाएकोले यसको लागी सम्बन्धित सबैलाई आफ्नो सक्कल नागरिकता र पासपोर्ट, २ \ २ प्रति सो को फोटोकपि ,तिन प्रति पासपोर्ट साइजको फोटो, दुइ प्रति पासपोर्ट निवेदन फाराम , इम्बासि अफ नेपाल को नाऊको १५० डलरको मनि अर्डर चेक   ५.७५ डलरको Returning Envelope  लिएर बैसाखी साझकै दिन दिऊसो कार्यक्रम हलमा आऊन पनि जिबिएनसिले सामाजिक सँजालहरु मार्फत सबैनेपालीलाई सुचना जारी गरेको छ 

नेपाल बाहिर मनाईने धेरै ठाऊका नेपाली नया बर्ष  मध्ये अमेरिकाको बोष्टनमा हुने नया बर्ष कार्यक्रमको चर्चा देश बिदेशमा हुने गर्छ । बोष्टनमा बैसाखी साँझ भनेपछी पहिल्यै देखी छुट्टी मिलाई हुलका हुल नेपाली हरु नयाबर्ष मान्न आऊने प्रचलन छ । त्यसो त बैसाखी साझ को बेला बोष्टनको मौसम  अति ऊपयुक्त हुने गर्छ । ३ \ ४ महिनाको जाडो हटेपछिको मौसम र नेपाली नयाबर्षको ऊमङ्ग लिएर जिबिएनसि का पदाधिकारीहरु  बैसाखी साझ को लागि जुटेका हुन्छन, मिठो मिठो खानेकुरा तयार गर्छन । रमाईलो मौसममा नेपालीले नेपालीलाई भेटने पाईने सगै खाना तथा नाच्न पाईने  बैसाखी साँझमा यसपटक त झन सबैको चिन्ताको बिषय एम आर पि फाराम पनि सोहि दिन बुझाऊन पाईने भएकोले एकैमेसोमा नया बर्ष कार्यक्रममा सहभागी हुन आऊनेको निकै भिड हुने सँकेत देखिएको छ ।
धन्यबाद ।

No comments:

Post a Comment