BostonNepal

Saturday, June 13, 2015

भियतनामी अमेरिकन समुदाय द्वारा भुकम्प पिडितको लागि ४ करोड सहयोग



विजय थापा ,वाशिंगटन डिसी 

अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले विनासकारी भूकम्पबाट नेपालमा धनजनको ठुलो क्षति भएकोमा दुख व्यक्त गर्दै वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा एक टोलि पुगी ४ करोड हस्तान्तरण गरेका छन् l

भियतनामी अमेरिकन समुदाय द्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कको पहलमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीलाई दुताबासमा बुझाएका छन् l

राजदुत डा कार्कीले उक्त रकम बुझ्दै टोलिलाई नेपाल सरकार तथा दुताबासको तर्फबाट धन्यबाद दिनु भयो l राजदुत डा कार्कीले भियतनामी अमेरिकन समुदायले बुझाएको रकम प्रधान मन्त्रि दैबी प्रकोप राहत कोष मार्फत भूकम्प पिडितलाई खर्च गरिने बताउनु भयो l

भियतनामी अमेरिकन समुदायको प्रतिनिधित्व गर्दै भेटघाट गरेको उक्त सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कले दुख ब्यक्त गर्दै आफुले यति सम्म आर्थिक सहयोग गर्न सकेको बताएका थिए l  उक्त रकम टेलीभिजन नेटवर्कले आफ्ना दर्शक ,शुभचिन्तकबाट नेपालका भूकम्प पिडितहरुका लागि संकलन गरिएको जानकारी दुताबासका मिनिस्टर /कन्सुलर नारायण प्रसाद मैनालीले बताउनु भयो l

सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कका उपाध्यक्ष दो फु को ,टोलि तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा उक्त संचालक समितिका एक सदस्य रहेकी डा बिन्ह टि नुगेनको संयोजनमा डिसी दुताबासमा ४ लाख डलर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो l

No comments:

Post a Comment