BostonNepal

Monday, June 29, 2015

नेपाली चलचित्र 'कोहिनूर',पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ न्युइंगलैंडको आयोजनामा अत्यन्त सौहार्दता वातावरणमा सम्पन्न


भक्त लामिछाने गुरुङ् |यहि जून २८,२०१५ आइतबार ६:०० बजे बेलुकी आर्लिंगटन रिजेन्ट सिनेमा हलमा बहुप्रतिक्षित,सुपर हिट,प्रतिभाशाली कलाकार स्व. श्रीकृष्ण श्रेष्ठज्युको अन्तिम नेपाली चलचित्र 'कोहिनूर',पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ न्युइंगलैंडको आयोजनामा अत्यन्त सौहार्दता वातावरणमा सम्पन्न भएको छ |

चलचित्रबाट संकलित रकम पशुपति बौद्ध फाउन्डेसन न्युइंगलैंड सहयोगार्थ तथा नेपाल भुकम्प पिडित सहयोगार्थ हुने आयोजक संस्था तथा स्व. श्रीकृष्ण श्रेष्ठज्युकी धर्मपत्नी श्वेता खड्का ज्युले जानकारी गराई सक्नु भएको छ!कोहिनुर चलचित्रकी नायिका स्वेता खड्का,बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ,नृत्य निर्देशक लक्ष्मी श्रेष्ठ,नायिका एलिना श्रेष्ठ,नव नियुक्त महाबाणिज्य दुत प्रल्हाद केसीज्यु लगायत बोस्टन वरपरका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध प्रमुखहरु, समाजसेवीहरु,पत्रकारहरु,ब्यबसायीहरु,बुद्धिजीवीहरु,बिधार्थीहरुको बिशेष उपस्थिति थियो |

चलचित्र प्रदर्शन अघि आयोजक संस्था पशुपतिनाथ बौद्ध फाउन्डेसन अफ न्युइंगलैंडका अधक्ष्य बिष्णु मणि आचार्यज्युले कार्यक्रम सटिक ढंगमा रोचकताकासाथ संचालन गर्नु भएको थियो! उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान तथा स्व.श्रीकृष्ण श्रेष्ठज्युको तस्विरमा अबिर लगाई भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो! स्व.श्रीकृष्ण श्रेष्ठका सहकर्मी साथी बिनोद ओलीज्युले श्रीकृष्णज्युको जीवनी संक्षेपमा भाबुकताका साथ प्रश्तुत् गर्नु भएको थियो भने नायिका स्वेता खड्काज्युले आफ्नो हृदय-विदारक कहानी भन्नु हुँदै,सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो|

चलचित्र अत्यन्त संबेदनशील कथा बस्तुमा प्रश्तुत गरिएको थियो र सम्पूर्ण दर्शकहरु हलबाट बाहिर अत्यन्त भाबुक हुँदै निस्किएका थिए! उक्त चलचित्रको टिकट तथा सम्मान-पत्र छपाई गरि प्रायोजन गर्नुभएको थियो सुरेश वाग्ले तथा रोशनी (खनाल) वाग्लेज्युले आफ्नो कम्पनी बोस्टन थ्रेडिंग मार्फत | 

कलाकारहरुको भोजन तथा आथित्य सत्कारमा राम धितालज्यु एवं हिमालयन बिस्ट्रो परिवारले अत्यन्त सक्रियताका साथ भूमिका निर्वाह गर्नु भएको थियो| सबैजना धन्यबादका पात्र हुनुहुन्छ!"

No comments:

Post a Comment