BostonNepal

Tuesday, September 1, 2015

बोष्टनवासीको साझा भवन बन्ने भएछ

अब तपाईंलाई ज्यादै खुशी लाग्न सक्छ , बोष्टनवासीको साझा भवन बन्ने भएछ ! ! मातृभूमि नेपालमा गएको महाभूकम्पका कारणले शिथिल बनेको मनलाई आज बसेको वार्षिक साधारण सभाले जागृत गराएको छ । धार्मिक तीर्थस्थल मात्र नभएर सम्पूर्ण बोष्टनका नेपालीहरूको सामूहिक भावनाको साझा सभागृहको रूपमा निर्माण हुने योजनामा लागिपरेको "पशुपतिनाथ बुद्द फ़ाउन्डेशन अफ् न्यू ईंगल्याण्ड " सुरूका वर्षमा जुन तीव्रतामा थियो त्यस्तै तीव्रता नभएको देख्दा सुस्ताएको भन्ने सोचलाई अब पुन: तताउने काम आजको बैठकले गरेको छ 


 यति व्यस्त समयका बाबजुद यति ठूलो योजना कसरी सफल होला र खै !? भनेर वर्तमान कार्यसमितिलाई विश्वास गर्न नसक्ने मित्रहरूले समेत अब विश्वास गर्न थालेको चर्चा पनि उठाइएको थियो साथै लामा र छोटा कार्ययोजनाहरू सर्वसम्मतिबाट पारित गरियो । 


विवाह, व्रतवन्ध , पास्नी , तीज , शुभ जन्मोत्सव , दशैं , नयाँ वर्ष , छठ, क्रिसमस , लोसार , कुनै भेला या समारोह ,सेमिनार आदि आदिदेखि मृत संस्कारसम्मका सबै नेपालीहरूले गर्नुपर्ने सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरू गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो भवनको दायाँ र वायाँमा श्रीपशुपतिनाथको मन्दिर र स्वयम्भू बुद्ध स्तुपा राखिने भएको छ , जसले गर्दा नेपालको पूर्ण पहिचान समेत हुनेछ भने आवश्यकता अनुसार संशोधन गर्ने अधिकार वोष्टनवासीहरूमा सुरक्षित छ । 



जय होस् बोष्टनवासीहरूको 
जय होस् पशुपतिनाथ बुद्ध फ़ाउन्डेशनको ,

No comments:

Post a Comment