BostonNepal

Tuesday, December 29, 2015

बोस्टनमा सिर्जना उत्सवको ३२औ शृंखला

बोस्टन/ अमेरिका, बोस्टनको साहित्यिक मासिक शृंखला सिर्जना उत्सवको ३२औ शृंखला आइतबार साँझ सम्पन्न भएको छ | बिगत तीन वर्षदेखि नियमित रुपमा आयोजना हुदैँ आएको उक्त कार्यक्रममा बिभिन्न सर्जकहरूले कविता, गीत र गज़ल वाचन गरेका थिए |
ममता कर्माचार्यको संयोजन तथा महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्तम नेपाली, हरि थापा, दिनेश राजभण्डारी , गोवर्धन पूजा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, ममता कर्माचार्य, लालबहादुर ऐर, ज्ञानप्रकाश शर्मा, सुद्देम कर्माचार्य , सवीना डंगोल, सुबंधा कर्माचार्य, आँशुलक्ष्मी राजभण्डारी, बाबा कर्माचार्यलगायतले सहभागिता जनाए|
कार्यक्रममा सुरेन्द्र देवकोटा र उर्मिला पन्तको सिर्जना पनि बाचन गरिएको थियो |

कार्यक्रमलाई रेडियो हिमालयबाट प्रत्यक्ष प्रशारण आरम्भ गरिएको उक्त कार्यक्रम आगामी महिनादेखि नियमित हुने रेडियो हिमालयका प्रवन्धक बुद्धि विश्वकर्माले बताए |

No comments:

Post a Comment