BostonNepal

Tuesday, February 16, 2016

बोष्टनको सरस्वति पुजामा नेपाली बालबालिकालाई लेखपढ गर्न सिकाइयो ।

बोष्टन, फेब्रुवरि १४ शनिबार शुक्रबार \ यम पौडेल , बोष्टन

अमेरिकाको बोष्टनमा हिजो निकै ऊत्साहप्रद बाताबरणमा सरस्वति पुजा सम्पन्न भयो । अनेसास बोष्टन ले समरभिल स्थित SCAT TELEVESION  को स्टुडियो कक्षमा आयोजना गरेको कार्यक्रममा ५० जनाभन्दा बढिको सहभागिता थियो । यसलाई समरभिल टिभिले बिशेष अभिरुचिका साथ रेकर्ड गरेको र यथाशिघ्र टि भि मा प्रसारण गर्ने कुरा जनाएको छ ।  पण्डित बलराम काफ्ले ऊपाध्याय व्दारा सरस्वति पुजा भएको र बिशिष्ट बिव्दान नेपाल सरकारका पुर्व सचिव रामचन्द्र पौडेलव्दारा सरस्वति पुजाको महिमा बताऊदै महत्वपुर्ण दिनमा नेपाली बालबालिकालाई अक्षर शुभारम्भ गराइएको थियो । अनेसास बोष्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको अध्यक्षतामा सचिव यम पौडेलले कबितामय बाताबरणमा सँचालन गरेको कार्यक्रममा बोष्टनका धेरै कबि तथा साहित्यकारहरुले गहकिला कविता गजल वाचन गरे ।




कार्यक्रममा अनेसास केन्द्र का महासचिव गोबर्द्धन पुजा ले आफ्नो रचना सुनाऊदै नेपाली बालबालिकालाई नेपाली लेखपढ स्कुल खोल्ने सोच रहेको कुरा बताए । अनेसास बोष्टनका पुर्ब अध्यक्ष अच्युत अधिकारीले सँस्थाको शुरुका दिनहरु निकै कठिन भएको बताऊदै  अव ग्रेटर बोष्टनमा अनेसास शसक्त नेपाली सँस्था हुन पुगेकोमा गौरब गरेँ । कबि तथा अनेसास बोष्टनका ऊपाध्यक्ष लाल गोपाल सुबेदीले सबैलाई स्वागत गर्दै मिठो कबिता सुनाएका थिए भने सर्जक महेश्वर पन्त ले साह्रै मिठा २ रचना साह्रै मिठोसँग हारमुनियम सगै गाए ।   

सरस्वति पुजामा मार्मिक कबिता गजल गित सुनाऊने कवि तथा सर्जकहरुमा भुटानी नेपाली समाजका शसक्त कबि धन लेप्चा, एन डब्लु जि एन कि अध्यक्ष तथा नेपाली सँघ सँस्थाको तर्फबाट रुक्मणी कार्की,  राजमित्र स्मृति प्रज्ञा पुरस्कार का सँस्थापक शुसिल नेपाल, अनेसास बोष्टनका सदस्य गौरब थपलिया, नेपाल बाट भर्खर आएका गजलकार अवि गजुरेल आदी थिए । अन्तमा सँस्थाका अध्यक्ष हरि काफ्लेले अनेसास बोष्टनलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिदै  आफुहरुको कार्यकाल सकिन लागेकाले सबैलाई समेटि २\ ३ महिनामा नया समिति गठन गर्ने र भानु जयन्तीमा हस्ताँतरण गर्ने कुरा बताए ।

कार्यक्रममा सहभागी भै हिमालयन लायन्स क्लब का अध्यक्ष तथा फोटोग्राफर बिमल नेपालले प्रोग्राम को केहि अँश तत्काल प्रसारण गरेका थिए । अनेसास मार्फत बोष्टनमा सरस्वति पुजा को शुरुवात गर्ने , नेपाली बालबालिकालाइ नेपाली अक्षराम्भ गराऊने मध्ये हाल नेपाल हुनुभएकि डा. मिना सिँ खडका , डा. ऊषा शर्मा, डा. शिव गौतम,भारति गौतम , कबि दिपा राई, अनु शाह,  समेतलाई  कार्यक्रममा सम्झिएको थियो । अनेसास बोष्टनले नेपाली भाषा साहित्यको पक्षमा धेरै राम्रा कामहरु गरिआएको छ । बिगत केहि बर्ष देखि यसका हरेक कार्यक्रम गर्दा हल नै चाहिने भएको छ । बोष्टनमा नेपाली को सँख्या बृद्दि सगै नेपालबाट आउने अबिभावक र साहित्य सर्जकहरुलाई समेत यसले तान्न थालेको छ एऊटा राम्रो नेपाली कार्यक्रम थलोको रुपमा समेत अनेसास बोष्टनको बिकास भइरहेको छ ।

अन्तमा सँस्थाका अध्यक्ष हरि काफ्ले, ऊपाध्यक्ष लाल गोपाल सुबेदी, सचिव यम पौडेल र पुर्व अध्यक्ष अच्युत अधिकारीको सौजन्यतामा तयार प्रसाद ( मालपुवा, केतलीको चिया, सुक्का रोटी, भेजि तरकारी, खिर ) ग्रहण गरेपछि पुजा कार्यक्रम सकिएको थियो ।  

फोटो : धन लेप्चा, राम के सि   

No comments:

Post a Comment