BostonNepal

Saturday, April 2, 2016

फूलको जस्तो उडि जाने" मा सनम र वर्षाको बिछोड

अमेरिका निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको म्यूजिक भिडियो "फूलको जस्तो उडि जाने" मा सनम र वर्षाको बिछोड

काठ्माण्डौं- अमेरिकाको न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको दोश्रो म्यूजिक भिडियो "फूलको जस्तो उडि जाने" मा मोडल/नायक सनम कडायत र मोडल/नायिका वर्षा शिवाकोटीको बिछोड भएको छ । धन सम्पत्तिको लागि हुने घरायसी तनाव र पैसाकै लागि दाम्पत्य जीवनको अन्त्य गर्न समेत पछि नपर्ने देखाएर म्यूजिक भिडियोमा सामाजिक बिचलनबारे सन्देश दिन खोजिएको छ । प्रतिक मिडियाबाट निर्माण गरिएको उक्त म्यूजिक भिडियो 'म्यूजिक नेपाल' को यूट्यूब च्यानेलबाट सार्वजनिक प्रसारण गरिएको छ ।
म्यूजिक नेपाल यूट्यूब लिङ्क: 
उक्त म्यूजिक भिडियोमा शब्द: शान्ता अधिकारी घिमिरे, संगीत: रमेश खड्का, स्वर: सत्यराज आचार्य, एरेन्जर: बिष्णु अधिकारी
मोडेल: सनम कठाएत, वर्षा शिवाकोटी, शान्ता अधिकारी घिमिरे र रमेश खड्काको रहेको छ भने निर्देशन अन्नत तिमल्सिना, क्यामेरा रामकुमार केसी र एडिटिङ्ग टकेन्द्र शाहले गरेका छन् । साहित्यकार घिमिरेको म्युजिक एल्बम 'सपनाको देशबाट' (२०१५) बाट यो गीत लिईएको हो ।

यस अघी साहित्यकार घिमिरेको 'असारै महिना..' (२०१५) म्यूजिक भिडियो निर्माण भैसकेको छ । जसमा स्वर: रामचन्द्र काफ्ले, जुनु रिजाल, संगीत: रमेश खड्का, एरेन्जर: बिष्णु अधिकारी, मोडेल: प्रदीप गिरी, रुबिना श्रेष्ठको रहेको छ भने निर्देशन रमेश कोईरालाले गरेका छन् ।

साहित्यकार घिमिरेको 'प्रवासी मन' (कविता, गीत संग्रह, २०१४) र समुद्र  पारीको माया (कविता, गीत र गजल संग्रह, २०१०) कृतिहरु प्रकाशित छन् ।

उनी हाल एनआरएन अमेरिका न्यू जर्सी च्याप्टर महिला संयोजक र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टर कोशाध्यक्ष रहेकिछन् ।

No comments:

Post a Comment