BostonNepal

Saturday, January 4, 2014

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन

नवराज पोखरेल
बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज  बुखारेस्टमा गठन भएको छ । संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टासाहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।" भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलको अध्यक्षतामा ५ सदस्य समिति गठन भएको समाचार नरापो न्यूज रोमानियाले आज जनाएको छ।

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको समितिको सचिवमा श्रीकृष्ण पुरी र सदस्यहरुमा डा. अमित रिजाल, खुमलाल भुसाल, प्रिन्शु खड्का र आलोक साह रहनुभएको छ । शाखाका अध्यक्ष पोखरेलले  समितिमा पदाधिकारीहरु आबश्यकता अनुसार पछि थप गरिने जनाउनु भएको छ ।
यस अवसरमा विश्व नेपाली साहित्य महासघं केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले नयाँ बर्ष २०१४ को शुभ कामना iदिंदै यस  समाचारले हामी अन्यन्तै खुसि बनेका छौ भन्नु हुँदै रोमानियाको अनुकुलता मिलाएर विश्व नेपाली साहित्य महासंघको शाखा निर्माण गर्न हामीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार मित्र श्री नवराज पोखरेलज्यूलाई अधिकार प्रत्याजोजन गरेका थियौ  जस अनुरुप श्री पोखरेलको अध्यक्षतामा शाखाको स्थापना भएको र यस सन्दर्भमा नव गठित समितिलाई हार्दिक बधाई छ  भन्नुभयो ।
विश्व नेपाली साहित्य महासघं केन्द्रीय समितिका अध्यक्ष श्री तिगेलाले नेपाली साहित्यको श्रीबृद्धि गर्नु प्रत्येक हामी नेपाली पहिचान बोकेकाहरुको कर्तब्य हो भन्नु हुँदै महासंघको हाल १४ मुलुकमा १८ वटा शाखाहरु निर्माण भई संचालनमा रहेका छन । उहाँले रोमानिया  शाखा १५ औ मुलुकको १९ औ शाखा बनेको जानकारीनरापो न्यूज रोमानियालाई दिनु भएको छ  केन्द्रीय समितिका अध्यक्ष श्री तिगेलाले रोमानिया शाखाका अध्यक्ष श्री पोखरेलको नेपाली साहित्यको विकास प्रतिकोयोगदान जान्न पाउदा अत्यन्तै गर्व लागेको र उहाँको सद्विचार र योगदानले सधै निरन्तरता पाउन सकोस  यहि हाम्रो कामना छ भन्नुभयो 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष तथा पत्रकार नवराज पोखरेलले म रोमानियाली भाषासँग राम्रो परिचित भएको कारणले यहांपनि नेपालमा झैँ बिभिन्न समयमा नेपाल सम्बन्धि लेख रचना प्रकाशन गराउनका साथै चाँदनी शाहका नेपाली गीति रचनाको रोमानियाली भाषामा अनुबाद गर्ने प्रथम नेपालीअनुबाद्कर्ता भएको बताउनु भएको छ 

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखा अध्यक्ष श्री पोखरेलले नेपालमा रहदा नेपाल टेलिभिजनमा समाचारदाताअन्तरराष्ट्रिय युवा बर्षराष्ट्रिय समितिको केन्द्रीय कार्यालयको सचिबयुवा बर्ष १९८५ रेडियो कार्यक्रम र युवाबर्ष नेपाली बुलेटिनको संचालक/सम्पादकबिज्ञान  प्रबिधि रेडियो कार्यक्रमको सह संचालकयुबकपाक्षिकको सम्पादकतत्कालिन विभिन्न उच्च ओहदामा रहनु भएका व्यक्तिहरूका सन १९८५ मा मधुपर्कमा प्रकाशित भएका सबै अन्तर्वार्ताको संयोजकगोरखा-पत्र,मधुपर्क  अन्य पत्र पत्रिकामा 'नरापो' (नवराज पोखरेलको नामबाट प्रकाशित बिभिन्न लेखरचनाको लेखक;   'नव कबितात्रैमासिकको अतिथि संपादक; 'नव प्रभात'कहिरनसाहित्यिक संकलनको सम्पादकबिज्ञान संचार परियोजना (रोनास्टको कार्यक्रम सहायकरेडियो नेपालबाट प्रशारित हुने विभिन्न आधुनिक गीतहरूका रचनाकारहुनुका साथै अन्य क्षेत्रमा पनि संलग्न रहनु भएको थियो 
नेपाली साहित्यको विकासविस्तार र सम्वद्र्धनका लागि विसं २०६७ असार २९ गतेक दिन  विश्व नेपाली साहित्य महासघंको स्थापना भएको थियो  विश्वभरका विभिन्न मुलुकहरुमा यस साहित्य महासंघ तीब्र गतिमा विस्तार हुदै गएअनुसार हाल सम्म नेपाल, रोमानिया, बेल्जियम, क्यानाडा, ईजरायल, मलेशिया, सिंगापुर, स्पेन, रसियाअमेरिकावेलायतमध्य पूर्वका केहि मुलुकहरू सहित संसारका १५ मुलुकहरूमा १९ शाखाहरू छन ।

No comments:

Post a Comment