BostonNepal

Thursday, January 9, 2014

अमेरिकामा राजदूत डा शर्मा बिदाई समारोहमा भाव बिभोर



पौष २१ ,भर्जिनिया 
विजय थापा 

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा आज आयोजित राजदूत बिदाइ समारोह कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले मन्तब्य व्यक्त गर्दा गर्दै अमेरिकाका नेपाली समुदायले गरेको अभूतपूर्व श्रद्धा तथा दर्शाएको अथाह माया प्रति मन थाम्न नसकी भाव बिभोर हुन् पुगे l

हर्षको आशु गहभरी रसाउदा र केहि क्षण मौन हुदा वातावरण सुन्यतामा परिणत हुन पुग्न गयो l अगाडी मन्तब्य व्यक्त गर्दै राजदूत डा शर्माले भने भौतिक चिज बिलाएर जान सक्दछ तर माया भनेको कहिले हराउदैन भन्दै सबै पक्षलाई धन्यबाद दिन चुकेनन् l आफ्नो कार्यकालमा केहि गल्ति गरेको भए क्षमा माग्दै सोचेको भन्दा ज्यादा समुदायको उपस्थिति भएकोमा हर्ष व्यक्त गरेका थिए l

अमेरिका भरिका थुप्रै संस्थाहरुको संयोजन तथा उत्तर अमेरिका कै नेपालीहरुको जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी (समाज )को आयोजना भएको कार्यक्रममा आफ्ना प्रिय राजदूतको अन्तिम बिदाई गर्न घन्टौ सम्म प्रतिक्षा गर्दै र लामबद्ध भै खादा र आफुले ल्याएका मायाको चिनो प्रदान गरेका थिए l राजदूत शर्माको घाटीमा खादाको चांग भएको थियो l उक्त क्षेत्रमा अहिले सम्म भएको बिभिन्न कार्यक्रम मध्ये कै सबै भन्दा ज्यादा सहभागिता रहेको उक्त कार्यक्रममा उभिएर पनि बिदाई गर्न बिभिन्न राज्यहरुबाट समेत शुभ चिन्तकहरु आएका थिए भने अधिकांशले मन्तब्य राखेका थिए l

हिमपातको कुनै पर्वाह नगरी बोस्टनबाट निजि वाहनबाट लामो यात्रा गर्दै आई पुगेकी एड्वनकि संस्थापक तथा समाज सेवी बिष्णु माया परियार ,न्युयोर्कबाट हिउको थुप्रो संग पौठी जोरी खेल्दै द्वय संचार कर्मी युएसनेपाल अनलाईन डटकमका प्रधान सम्पादक प्रदीप थापा मगर तथा कान्तिपुरका दिनेश जंग शाह राजदूतलाई अन्तिम बिदाई गर्न आएका थिए l

वरिष्ठ कवि तथा साहित्यकार बसन्त श्रेष्ठले राजदूतलाई समर्पित गर्दै कविता वाचन गरेका थिए l राजदूतको बिदाईको लागि भनि अमेरिका नेपाल टेलीभिजनले निर्माण गरेको एक वृत चित्र देखाईएको थियो भने मिरा राणा तथा समुहले  ''आजलाई यति नै हो ,फेरी भेटौला ''भन्ने बिदाई गीत प्रस्तुत गरेका थिए l

कार्यक्रममा राजदूत शर्माले गरेको योगदान बारे संयोजक खेम भट्टचनले प्रकाश परेका थिए भने अधक्ष्य डा ठाकुर पुडासैनीले बिदाई तथा र राजदूतको प्रसंसा गरेका थिए l कार्यक्रम संचालन महासचिब तथा सचिब श्याम लिम्बु तथा मुकुन्द राज दाहालले सयुक्त रुपमा गरेका थिए भने धन्यबाद ज्ञापन सीता पाण्डेले गरेकी थिइन् l बिशेस योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रशंसा पत्र वितरण गरिएको पनि थियो l 

No comments:

Post a Comment