BostonNepal

Thursday, January 9, 2014

एएनए ३२ औं सम्मेलनका लागि आयोजक समिति गठन निर्वाचन जुलार्इ ४ मा हुने


विजय थापा
ana-photoभर्जिनिया । ३१ बर्ष अगाडि अमेरिकन सरकारको नियम अनुसार डिसीमा दर्ता भएको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका, एएनएको आगामी ३२ औं सम्मेलन आउँदो जुलाई ४,५ र ६ तारिखमा वाशिंगटन डिसीमा हुने भएको छ । एएनएको कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुने सम्मेलनका लागि हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक रहेको एक २१ सदस्यीय संयोजन समिति गठन भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोजक समितिको गठन जनवरी ५ मा बसेको बैठकले वाशिंगटन डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थामा आबद्ध, अनुभवी ,समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई छनौट गरी जिम्मेवारी सुम्पने निर्णय गरेको जानकारी संयोजक हेमन्त श्रेष्ठले गराए ।

१.हेमन्त श्रेष्ठः संयोजक– मूल आयोजक समिति
२.लक्ष्मण प्रधान –उप संयोजक – मूल आयोजक समिति ,संयोजक आर्थिक समिति
३.सरोज खनाल – संयोजक–सांस्कृतिक कार्यक्रम
४.सरोज प्रजापति – संयोजक–कार्यक्रम निर्माण समिति
५.चन्द्र लामा – संयोजक – खेलकुद
६.कृष्ण सोब – संयोजक – जनसंपर्क तथा पाहुना व्यबस्थापन समिति
७. प्रेम संग्रौला –संयोजक – नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र (एनइसीसी) सहयोग समिति
८.लोकनाथ तिवारी – संयोजक – बजार व्यबस्थापन तथा आपूर्ति समिति
९.विजय श्रेष्ठ – संयोजक – खाद्य व्यबस्थापन समिति
१०. कविन्द्र सीटौला – संयोजक – सहभागी दर्ता व्याबस्थापन समिति
११. रविना थापा – संयोजक – कार्यक्रम समन्वय समिति
१२. विष्णु थापा – संयोजक – कार्यशाला संचालन समिति
१३. मृगेन्द्र हुमागाई – संयोजक – सूचना प्रविधि व्यवस्थापन समिति
१४. मन्जु संग्रौला – संयोजक – मेडिकल क्लिनिक संचालन समिति
१५. आनन्दु लामा थिंङ – संयोजक – स्वयमसेबक व्यवस्थापन समिति
१६. अर्चना मानन्धर – संयोजक – शैक्षिक कार्यक्रम संचालन समिति
१७. केशर गुरुङ्ग – संयोजक – सुरक्षा व्यवस्थापन समिति
१८.गोविन्दसिं राउत – संयोजक – साहित्यिक कार्यक्रम संचालक समिति
१९. विष्णु शीतल – संयोजक – सूचना तथा संचार समिति मा रहेका छन् भने बाँकी दूई संयोजक अर्को बैठकले नियुक्त गर्ने जानकारी संयोजक श्रेष्ठले बताए ।
सम्मेलनलाई भव्य रुपमा सफल बनाउन संयोजकहरुलाई स्वतन्त्र रुपमा उप समिति निर्माण गर्ने अख्तियार दिइएको छ । नेपाल र नेपालीको चिनारीलाई थप उजिल्याउने मूल उद्धेश्य राखिएको बताउदै ३२ औ सम्मेलनले नेपाली कला–कौशल र उत्पादनको व्यापक प्रदर्शन गर्ने ,अमेरिकामा नेपाली उत्पादनको बजार विस्तार गर्ने र नेपालमा अमेरिकी पर्यटकको संख्या बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले सो अनुसारका क्रियाकलापहरुलाई विशेष प्राथमिकता दिइने बताईएको छ ।
शैक्षिक, साँस्कृतिक, ,सूचना तथा संचार, जनस्वास्थ्य, नीति निर्माण, खेलकुद र साहित्यिक विधामा ठोस उपलब्धि हुने खालका क्रियाकलापलाई प्राथमिकतामा राखिएको उल्लेख गरिनुको साथै सम्मेलनबाट हुने मुनाफामध्ये ५० प्रतिशत स्थानीय नेपाली शैक्षिक तथा सांस्कृतिक केन्द्र (एनइसीसी) म्यारिल्याण्डलाई प्रदान गरिने निर्णय गरिएको छ भने २५ प्रतिशत स्थानीय संघ /संस्था र २५ प्रतिशत एएनएका लागि प्रदान गरिने भएको छ ।
२९ औँ ए एन ए सम्मेलन डिसीमा भएको थियो भने उक्त सम्मेलनले करिब १० हजार मुनाफा दिन सफल भएको थियो ।  ए एन एको ईतिहासमा दूई पटक सम्मेलन संयोजक बन्ने अवसर पाएका हेमन्त श्रेष्ठले उक्त छापा बिज्ञप्तिमा सबैको साझा संस्था भएकोले सहयोगको अपेक्षा गर्दै सफल तुल्याउन अनुरोध गरेका छन् ।

No comments:

Post a Comment