BostonNepal

Sunday, August 10, 2014

नासोमा बिश्वकर्मा ​अधक्ष्यमा​ ​निर्वाचित समिति समाबेसी

विजय थापा 
साउन २५ ,भर्जिनिया 

नेपालका उत्पीडित बर्गको ऊत्थानको लागी अमेरिकामा स्थापना भएको नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी (नासो) तेश्रो अधिवेसन द्वारा गोपाल बिश्वकर्माको अधक्ष्यतामा एक नया कार्यकारी समितिको चयन गरेको छ l

तेश्रो अधिवेसन फरक प्रस्तुतिको साथै नयाँ कार्यसमितीमा समाबेसी समिति बनाउन सुरुवात गर्दै दलित सम्बन्धि सशक्त आवाज उठाई रहेको नासोमा ब्राम्हण ,क्षेत्री ,गुरुङ तथा नेवार समुदायका सदस्यहरुलाई पनि समाबेस गर्दै उदाहरण बनेको छ l

 नेपाली दुतावास, वाशिंगटन डिसीका उप नियोग प्रमुख श्री नारायण प्रसाद मैनाली प्रमुख अतिथीको तर्फ बाट शुभकामना व्यक्त गर्नु भएको थियो भने  "नासो" को तेश्रो अधिबेशनमा संस्थाको निर्बाचन प्रमुख प्रकाश नेपालले भने  नेपालको संबिधान जातीय कुसंस्कृती ,भेदभाव, अशिक्षा,उपल्लो बर्ग भनिने वर्गको मिचाहा प्रवृति तथा अमानबिय ब्यबहार सहँदै गाउँ गाउँमा कस्टकर जिन्दगी बिताई रहनुपरेका नेपालका उत्पीडित बर्गको समस्या भनेको आम नेपालीको समस्या भएको कारणले यो उत्पीडित  बर्गको ऊत्थान हुनुपर्छ भन्ने भावना भएका बुद्धिजिबीहरुलाई समेत समाबेश गरिएको बताएका थिए l

नया कार्यकारी समितिमा गोपाल बिश्वकर्मा अधक्ष्य ,धन नेपाली ,उपाधक्ष्य , बिष्णु रसाईली ,महा सचिब ,दुर्गा बिक ,सचिब ,मधु सुदन श्रेष्ठ ,सूचना प्रबिधि निर्देशक ,जगन बिक सदस्य ,सिता परियार ,सदस्य , इक्षा बिक ,सदस्य ,ज्ञानेन्द्र बिक ,सदस्य, डा डम्बर बहादुर गुरुङ ,सदस्य निर्वाचित भएका छन् भने डा गोपी उप्रेती,प्रेम संग्रौला तथा खेम भट्टचनलाई सल्लाहकारमा नियुक्त गरिएको छ l

उक्त अधिवेसनमा महा सचिवको बार्षिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरिनुको साथै छलफल समेत भएको थियो l 
 ​
उक्त अधिवेसनमा महा सचिवको बार्षिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरिनुको साथै छलफल समेत भएको थियो l नासोको कार्यकाललाई सहयोग गर्ने बिसेष व्यक्तित्वहरु ,संचार माध्यम ईनेपलिज़ डटकम ,डिसी नेपाल डटकम ,संचार कर्मी खेम भट्टचन तथा संचारकर्मी लेखनाथ भण्डारीलाई समेत सम्मान गरिएको थियो l

उक्त समारोह अधक्ष्य दिपक जंग विश्वकर्माको सभापतित्वमा भएको थियो भने आफ्नो कार्यकालमा सहयोग गर्ने सबै वर्गलाई धन्यबाद दिएका थिए भने बिभिन्न वक्ताहरुले शुभकामना दिएका थिए l

No comments:

Post a Comment