BostonNepal

Thursday, August 14, 2014

एनडब्लुजीएन क्यालिफोर्नियाले पर्वतारोही महिला टोलिलाई आर्थिक सहयोग जुटायो

विजय थापा 
साउन २८ ,भर्जिनिया 

अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलिलाई आर्थिक सहयोग गर्ने उदेश्यको साथ गरिएको उक्त कार्यक्रममा करिव पांच लाख नेपाली रुपैया ( $५,१४५ डलर )भन्दा ज्यादा संकलन गरिएको जानकारी एन डब्लु जी एन क्यालिफोर्निया शाखाकि अधक्ष्य बिष्णु गुरुङ "एकता "ले बताईन l

संस्थाकी अध्यक्ष बिष्णु गुरुङ "एकता" को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आरोही डा. अर्लेन ब्लुम तथा बिशेष अतिथिमा बरिष्ट समाजसेवी ओल्गा मुर्री रहेका थिए । उक्त कार्यक्रममा बे-क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरु, बरिष्ट समाजसेवीहरु, लगायत लस एन्जलसका अतिथिहरु, सम्प्रेषण टोलि  तथा समाजका सदस्यहरुको सहयोगको कारण छोटो समयमा तय गरिएको कार्यक्रम सफल भएको अधक्ष्य गुरुङले बताईन l

 सिन्धुपलान्चोकमा दिबंगत हुनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै श्रदान्जली साथ मौन धारण गरि कार्यक्रमको शुरुवात भएको थियो । सात शिखर पर्वतारोही टोलीको स्वगार्थ आयोजक टोलि सप्तरंगी सारीमा सजिएका थिए भने नेपाली सेलरोटी खुवाईएको थियो ल माया गुरुङ र पेमा डिकी शेर्पाले सेभेन समिट वुमेन टिमका उदेश्य, अनुभव र आर्थिक सहयोगको बारेमा आफ्ना मन्तब्य राखी सकेपछि प्रश्न उत्तर पनि राखिएको थियो l

आयोजित संस्थाबाट सात शिखर महिला पर्वतारोहीहरुलाई सामुहिक उपलब्धि पदक द्वारा सम्मान गरिएको थियो भने सम्प्रेसनका निर्माता तथा प्रस्तुतकर्ता शैलेश श्रेष्ठलाई प्रशंसा पदक द्वारा सम्मानित गरिएको थियो l प्रमुख अथिति तथा बिशेष अथितिलाई संस्थाकी सल्लाहकार शिला तिमिल्सिनाले खादा लगाई सम्मान गरेकी थिइन् भने लस एन्जेलसका अतिथिहरुलाई संस्थाकी उपाध्यक्ष गीता श्रेष्ठले खादा लगाई सम्मान गरेकी थिइन l
 
केहि वक्ताहरुले मन्तब्य राख्दै सात शिखर पर्वतारोही महिला टोलीलाई शुभकामना दिएका थिए l कार्यक्रम संचालन संस्थाकी महासचिब संगीता गुरुङ तथा सदस्य सुनिता सापकोटाले सयुक्त रुपमा संचालन गरेका थिए भने संस्थाकी अध्यक्ष बिष्णु गुरुङ 'एकता'ले धन्यबाद ज्ञापन गर्नुको साथै कार्यक्रम समापन गरेकी थिइन् l

No comments:

Post a Comment