BostonNepal

Saturday, August 16, 2014

वोस्टनमा तीज पर्व सम्पन्न

कृष्णराज खनाल
वोस्टन, अमेरिका जुलाई १२ - नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज सात समुद्र पारीको यो व्यस्त मुलुकमा मंगलवार राती अबेरसम्म मनाइयो ।
 प्राविधिक कठिनाइका कारण यस पटक तीज आउनु केही दिन पहिले नै यो पर्व मनाइएको हो ।


हिमालयन लायन्स क्लव, वोस्टनको अग्रेसरतामा आयोजित सो कार्यक्रममा नेपाली पहिरन रातो सारी, चुरा पोते, रातो ब्लाउज र छड्के तिलहरीमा सजिएका झण्डै दुई सय महिलाहरु राती अवेरसम्म विभिन्न किसिमका आधुनिक तीजे गीतमा छमछम गर्दै नाचगान गरेर घर फर्किएका थिए । अमेरिका जस्तो ठाउँमा पनि  नाचगान गर्न पाउन् हाम्रा लागि खुसीको कुरा हो हजुरी सिंहले भन्नुभयो ।

तीज कार्यक्रममा यस भेगमा क्रियाशील लायन्स क्लवका स्थानीय पदाधिकारीसमेत नाचमा झुमेका थिए । लायन होगनले नेपालीहरुको यो संस्कृति खुबै मन परेको बताइन् । भाइस डिष्ट्रिक गभर्नर पल क्यालनालले क्लवले राम्रो काम गर्र्दै गएकोमा प्रशंसा गनुभयो ।

त्यस अवसरमा मिस युएएए नेपालमा संलग्न हुन लागेकी यस भेगकी सुषमा अधिकारीलाइ सहयोगस्वरुप तीन सय डलर प्रदान गर्ने निर्णय पनि भयो ।

सो अवसरमा राफल चिठ्ठा पुरस्कार विजयी तीन महिलालाई क्लवका पूर्व अध्यक्षहरु शिवप्रकाश, महेश्वर पन्त र उपाध्यक्ष राम थापाले हस्तान्तरण गर्नुृभयो । सोको पुरस्कार साडी लगायत थियो । क्लवले अन्य थुप्रै सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । यसैबीच नेपालको बाढी पीडितका लागि पनि क्लवले दुइ सय डलर हस्तान्तरण गर्ने भएको छ ।

रुपा थापाले सन्चालन गर्नुभएको सो कार्यक्रममा क्लवका तृतीय उपाध्यक्ष आजाद प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष विष्णु कार्कीले धन्यवाद दिनुभयो ।

No comments:

Post a Comment