BostonNepal

Saturday, August 16, 2014

एनआरएन)को काठमाण्डौमा घर बनाउने अभियानमा अमेरिकाबासी गैरआवासीय नेपाली कम्मर कसेर लागे

गैरआवासीय नेपाली संघ (एनआरएन)को काठमाण्डौमा आफ्नै घर बनाउने अभियानमा अमेरिकाबासी गैरआवासीय नेपाली कम्मर कसेर लागेका छन् ।

ुहाम्रो घर, हाम्रै दायित्वु भन्ने अभियानसहित काठमाण्डौमा एनआरएन भवन बनाउन रकम संकलन अभियान संचालन गर्दै हाल अमेरिकामा पुग्नुभएका एनआरएन अध्यक्ष शेष घलेको उपस्थीतिमा अमेरिकामा तीनवटा शहरमा बिभिन्न कार्यक्रम संचालन भइसकेका छन् ।


ती सवै ठाउँमा नेपालीहरुको उत्साहजनक उपस्थीतिवीच अपेक्षा गरिएभन्दा निकै धेरै  अर्थात् करिव ६६ लाख रुपैयाँ संकलन भइसकेको  छ । अमेरिकामै अझै ४ वटा शहरमा कार्यक्रम आयोजना हुँदैछन् ।
सियाटलमा १५ लाख संकलनको लक्ष्य राखिएकोमा २१ लाख रुपैयाँ संकलन गरिएको छ भने लस एन्जलसमा आयोजित कार्यक्रममा ३० लाख रुपैयाँ संकलन भएको छ । लस एन्जलसबाट १५ लाख रुपैयाँको लक्ष्य राखिएकोमा उत्साही नेपालीहरुले झण्डै दोब्बर योगदान गरेका छन् ।

अगष्ट १३ मा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका तथा लस एन्जलस क्षेत्रका नेपाली संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थीति थियो ।

यसैगरि अगष्ट १५ तारिखमा बोष्टनमा आयोजित कार्यक्रममा १५ लाख रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी, भुवन गुरुङ, बिष्णुमाया परियार लगायतका एनआरएन अगुवाहरुको उपस्थीति थियो ।

हाल उत्तर अमेरिका भ्रमणमा रहनुभएका अध्यक्ष घले यो क्षेत्रमा आयोजना हुने बिभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । अगष्ट १६ तारिख आइतवार एनआरएन क्यानडाले टोरन्टोमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ भने १८ तारिखमा सिकागो, २० तारिखमा टेक्सास, २२ तारिखमा वासिङटन डीसी र २४ तारिखमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

ुयो क्षेत्रका गैरआवासीय नेपाली साथीहरुको उत्साह र साथ पाएर निकै उर्जा मिलेको छु एनआरएन अध्यक्ष घलेले भन्नुभयो-एनआरएन भवनमा आफ्नो स्वामित्व लिने उहाँहरुको चाहना निकै प्रसंसायोग्य छ ।ु एक डलर नै किन नहोस् बढिभन्दा बढि गैरआवासीय नेपालीको स्वामित्व हुनेगरि एनआरएन भवन बनाउने भन्दै अध्यक्ष घले रकम संकलन अभियानको नेतृत्व गर्दै बिभिन्न मुलुकको भ्रमण गरिरहनुभएको छ ।

यसअघि अष्ट्रेलियामा भएका बिभिन्न कार्यक्रममा २ करोड रुपैयाँ संकलन भइसकेको छ भने एनआरएन हङकङ, चीन, मकाउ लगायतका देशमा पनि रकम संकलन अभियान संचालन भइसकेका छन् । करिव १५ करोड लागतमा बन्ने भवनको शिलन्यास आगामी ुएनआरएन डेु अर्थात् अक्टुवर ११ तारिखमा गर्ने योजना छ ।

खुला बिश्वबिद्यालयसम्बन्धी अन्तरक्रिया
उत्तर अमेरिका यात्राका क्रममा अध्यक्ष शेष घलेले नेपालमा खुला बिश्वबिद्यालय स्थापनाका अबसर र चुनौतीहरुबारे पनि अन्तरक्रिया गरिरहनुभएको छ ।
गैरआवासीय नेपाली संघ र नेपाल सरकारको साझेदारीमा नेपालमा खुला बिश्वबिद्यालय स्थापना गर्न लागिरहेको सन्र्दभमा अध्यक्ष घलेले क्यानडा र अमेरिकाका दुई बिश्वबिद्यालयका बिज्ञहरुसँग अन्तरक्रिया गर्नुभयो ।
अगष्ट ८ तारिखमा क्यानडाको भ्यानकोभरस्थित ब्रिटिश कोलम्बिया इन्टिच्यूट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रममा अध्यक्ष घलेले त्यहाँको आथाबस्का युनिभर्सिटीका अधिकारी र नेपाली प्राज्ञिक ब्यक्तित्वहरुसँग छलफल गर्नुभयो ।

यसैगरी अध्यक्ष घले अगष्ट १३ तारिखमा लसएन्जलसस्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा आयोजित गोष्ठीमा नेपाली प्राज्ञिक ब्यक्तित्व र बिश्वबद्यालयका प्राज्ञिक नेतृत्वसँग छलफल गर्नुभयो । 
करिव ३ घण्टा चलेको कार्याशालामा अध्यक्षसँगै अमेरिकामा रहनुभएका नेपाली बिज्ञहरु डा। जीत जोशी, डा। शम्भु ढुंगाना, डा। अम्बिका अधिकारी र नेपालको संबिधानसभाका सभासद् जीवन परियार पनि सहभागी हुनुहुन्थ्यो ।

No comments:

Post a Comment