BostonNepal

Thursday, August 21, 2014

बोष्टनमा सम्पन्न NWGN को नेपाली महिला सम्मेलन ऊच्चस्तरिय ।

यम पौडेल \ अगष्ट १८, २०१४ \ बोष्टन

नेपाली महिला बिश्व सँजाल ( NWGN ) अमेरिका को चौथो वायो नेशनल कन्फ्रेन्स ( व्द बार्षिक सम्मेलन ) अस्ति अगष्ट १६,२०१४ शनिबार बोष्टनमा सम्पन्न भयो । सो सम्मेलन नेपाली महिलाको हक अधिकार र शसक्तिकरणको पक्षमा अत्यन्त ऊच्च स्तरको रहेको सहभागीले जनाएका छन । बोष्टनको बिश्वप्रख्यात  MIT बिश्वबिद्यालयको सभाहलमा आयोजित सम्मेलनको नारा आर्थिक शशक्तिकरणका लागि नेपाली महिला एकजुट हुदै बिश्वब्यापी रुपमा सँगठित हौ भन्ने रहेको थियो ।


सम्मेलनमा अमेरिकाका लागि नेपाली कार्यबाहक राजदुत ऋषि घिमिरे, गैह्र आबासीय नेपाली सँघ (एन आर एन) का अध्यक्ष शेष घले,  महिला अधिकारकर्मी लिली थापा,एन आर एन अमेरिकाका अध्यक्ष खगेन्द्र जि सि, अमेरिकी इमिग्रेशन वकिल बन्दिता दाहाल र कि नोट स्पिकरमा महिला अधिकारकर्मी डा. रेणु राजभण्डारी लाई निम्त्याईएको थियो । सम्मेलनलाई ग्रेटर बोष्टन स्थित पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य , जिबिएनसि का अध्यक्ष मिलन गुरुङ र इम्पावर दलित ओमन अफ नेपाल एडविन कि सँस्थापक अध्यक्ष डा. बिष्णुमाया परियार समेतले सम्बोधन गरेका थिए । बिभिन्न प्यानल डिस्कसन र दिनभरीको गहन छलफल बाट महिला माथि हुने गरेको हिँसा, अन्याय, अत्याचार ,असमानता, र डोमेष्टिक भ्वाईलेन्स को बिरुद्द सँसारकै नेपाली महिलाहरु एकजुट हुनु पर्नेमा जोड दिइयो भने सम्मेलनले नेपाली महिला बिकासको लागी हरेक प्रकारका श्रोत जुटाई सहकार्य गर्न अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।


यसपटकको बोष्टन महिला सम्मेलन २०१४ मा कल्पना सम्म पनि नगरेका नेपाली महिलाका दर्दनाक कथा र बास्तबिकता सुन्दा धेरै पटक दु:खी र भावबिभोर हुनपरेपनि सम्मेलनमा देख्न जान्न र भेटन पाईएका नेपाल तथा अमेरिका स्थित बिभिन्न ठाऊबाट आएका महिला ऊद्धमि,ब्यबसायी, मानब अधिकारकर्मी, प्रोफेशर, साथै बिश्वकै महिला समस्या र न्यायको पक्षमा बहस गर्नसक्ने, सँयुक्त राष्ट्र सँघको ढोका ढकढक्याऊन समेत सक्षम महिलाहरु एकजुट देख्दा धेरैले खुसी ब्यक्त गरे भने अवशर र चुनौतीको बाबजुद नेपाली महिला पनि धेरै ऊच्च स्तरसम्म पुगिसकेको र सम्मेलन पनि ऊच्च कोटिकै भएको कार्यक्रम पश्चात सहभागीले बताए ।     


शुरुमा NWGN का पदाधिकारीको सामुहिक नेपाली गित ले स्वागत गरेपछि MIT का बिव्दार्थी नेपाली बैज्ञानिक ( मितेरी ) का प्रेसिडेन्ट सिमान्त गौतमले “ओपनिङ रिमार्क “ दिएका थिए लगतैNWGN कि अध्यक्ष रुक्मणी कार्कीले स्वागत भाषण गर्दै NWGN को गतिबिधि अभियान बारे बताइन । सम्मेलनको लागि अष्ट्रेलियाबाट आएका एन आर एन का अध्यक्ष शेष घले ले हरेक पुरुषको सफलताको पछि महिलाको हात हुने हुदा पुरुषले जति बल गरेपनि महिलाको सहयोग बिना  ५० प्रतिशत भन्दा बढि सफलता हासिल गर्न नसक्ने प्रसङ्ग बताऊदै NWGN ले गर्ने कार्यक्रमको लागी हरेक बर्ष ५०० डलर सहयोग गर्ने बचन दिए । त्यसैगरी नेपाली कार्यबाहक राजदुत ऋषि घिमिरे ले आर्थिक शसक्तिकरण बिना महिला शसक्तिकरण गाह्रो हुने प्रसँङ्ग कोट्याऊदै नेपाली राजदुताबास ले पनि NWGN लाई दिदै आएको सहयोग ५०० डलरलाई अझै बढाऊन प्रयास गर्ने जनाए । एन आर एन यु एस ए का अध्यक्ष खगेन्द्र जि सि ले सम्मेलनलाई शुभकामना दिदै NWGN लाई एन आर एन को पार्टनर सँस्था बनाऊन चाहेको कुरा दर्शाए । नेपालको तमाम महिला समस्या हरुको बारेमा काम गरि आएको पपुलर सँस्था  WOREC ( women ‘s Rehabilitation center )कि सँस्थापक तथा महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले ओरेक स्थापना गरि १९९१ देखि हालसम्म २३ बर्षमा गरेका कामको बिबरण प्रस्तुत गर्दा सम्मेलन भावुक बनेको थियो । देश बिदेशका नेपाली महिलामा जकडिएका समस्या र महिला भएकै कारण पाऊनुपरेको दु:ख का ऋङखला अचम्मै सँग प्रस्तुत गरिएको थियो । ऊहाव्दारा प्रस्तुत महिला न्यायका काम, ओमेन ट्राफिकिङ , फाष्ट ट्रयाक कोट को अवधारणा , रिह्याबिलिटेशनका कामहरुको फेयरिष्त त्यतिकै महत्वपुर्ण थियो । सम्मेलनलाई डा.अमृता रेग्मीले जर्जियाबाट पठाएको सन्देश समेत पढेर सुनाइएको थियो ।

प्यानल डिष्कशन शुरु भएपछि सोसियल इकोनोमिकल चेन्ज शिर्षकमा ऊद्धमि रुबि श्रेष्ठले मोडेरेटर गरिन भने प्यानालिष्टहरु शुष्मा बाराकोटी,  बिनु देऊजा,यालिना श्रेष्ठ, निर्मला शेरचन,ले आ-आफ्नो अनुभव शेयर गरे । त्यसैगरी महिलाको बिकाशको लागी मेडिया रोल बिषयमा NWGN कि पुर्ब अध्यक्ष एवँ प्रोफेशर डा. बिद्धा रँजित ले मोडेरेटर गरिन भने मेडिया कर्मिहरु अभिमा ऊप्रेति, प्रदिप थापा, येरिना श्रेष्ठ रँजित, यम पौडेलले प्यानालिष्टको रुपमा प्रस्तुत भए । अमेरिकाबासी महिलाहरुको आर्थिक शसक्तिकरणमा कानुनी अधिकार शिर्षकमा स्वास्थ्यकर्मी एवँ वकिल अनु लोहनी ले मोडरेटर गरेकी थिइन भने प्यानालिष्टमा ओमन फर ह्युमन राइटसकी अध्यक्ष अधिकारकर्मी लिलि थापाले सँसारकै बिधवाहरुको बारेमा बताऊदै महिला माथि हुने गरेको हिँसा,  अन्याय, अत्याचार , असमानता, र डोमेष्टिक भ्वाईलेन्स को बारेमा देश बिदेशको अध्ययन अनुसन्धानात्मक कुराहरु दर्शाइन । अमेरिकामा रहेकी इमिग्रेशन लोयर बन्दिता शर्मा दाहाल ले कानुनी प्राबधान र जतिलता का बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गरिन । कबि अनु शाह ले आफ्नो साहस को कथा सुनाईन । हरेक छलफलमा फ्लोरबाट प्रश्न सोधिएको थियो ।

कार्यक्रमको अन्तिम तिर भने साहित्य र सँस्कृति जमेको थियो । साहित्यकार भारती गौतम ले सँचालन गरेको साहित्य सरगममा अनेसास का अध्यक्ष हरि काफ्ले, कबि ममता कर्माचार्य, मालति शाह, दिपा राई, अनु शाह, मिना पुडासैनी, शुरेश वाग्ले आदीले आ-आफ्नो ऋजना बाचन गरेका थिए भने बाल कबि अरबिन श्रेष्ठ को कबिता , डा. रेणु राजभण्डारीको कबिता, सुसम श्रेष्ठको गित र रुक्मणी कार्कीको गित का अतिरिक्त “ नेपालकी छोरी हु म “ बोलको कर्णप्रिय गितमा बोष्टनका नेपाली चेलीहरु सम्झना गुरुङ, पार्मिला गुरुङ, निशा गुरुङ, सरस्वति गुरुङ, पुष्पा गुरुङ, सम्झना गुरुङ, भेनेसा राई को सामुहिक नृत्यले सबैलाई मनोरञजन दिलायो । बिहान ९ बजेदेखि शुरु भएको सम्मेलन NWGN कि जनरल सेक्रेटरी रुमा मार्शाल को भोट अफ थ्याँकस पछि सकिएको थियो ।

कुशल एम सि व्दय सदिक्षा नेपाल र संझना गुरुङ व्दारा सँचालित कार्यक्रममा कार्यबाहक राजदुत घिमिरेले समाजसेबी भुवन गुरुङलाई NWGN को “फ्रेण्डस अफ एनडब्लुजिएन” एवार्ड,र खगेन्द्र जि सि लाई NWGN को “पार्टनर अफ एनडब्लुजिएन” सम्मान व्दारा सम्मानित गरे भने NWGN की निबर्तमान अध्यक्ष बिष्णु थापा र भाइस प्रेसिडेन्ट बिभा रँजितलाई सँस्थाको लागी बिशेष योगदान गरेबापत सँस्थाकी अध्यक्ष रुक्मणी कार्की व्दारा सम्मान गरिएको थियो ।

यसरी सम्पन्न सम्मेलनमा  NWGN की पदाधिकारीहरु ६ महिना अगाडी देखि खटेका थिए । हिमालयन लायन्स क्लब , मसला इँक , बोष्टन तमु समाज लगायत धेरै सँध सँस्था तथा नेपाली हरुले सम्मेलनको लागी सहयोग गरेको कुरा बताईएको थियो । इतिहाड एयरबेजले डा. रेणु राजभण्डारीलाई नेपालबाट अमेरिका ल्याऊने लाने काममा सौजन्य सहयोग गरेको थियो । महिला सम्मेलन भएपनि डा. मोहन पाहारी, बिजेन्द्र प्रधान, जितेन्द्र श्रेष्ठ, पुष्प श्रेष्ठ , जिवन शेरचन, ऊत्सब गुरुङ, प्रेम पौडेल लगायत का पुरुषहरुले कार्यक्रमलाई पुरा साथ दिएको देखिन्थ्यो ।  NWGN ले हरेक दुई दुई बर्षमा गर्ने यस बायो कन्फ्रेन्स आइन्दा ६ \ ६ महिनामा गर्न सके अझै प्रभावकारी हुने धारणा सँस्थाकी पुर्ब अध्यक्ष प्रोफेशर डा. बिद्धा रँजित समेतबाट राखियो ।
    

फोटो साभार :  जितेन्द्र श्रेष्ठ , निर्मला शेरचन तथा रुक्मणि कार्की बाट  

No comments:

Post a Comment