BostonNepal

Monday, August 25, 2014

बोष्टनमा नेपाली महिलाहरुले पाचौ तिज ऊत्सब भब्य रुपमा मनाए ।

यम पौडेल बोष्टन \ अगष्ट २४, २०१४ | अमेरिकाको बोष्टनमा हरितालिका “ तिज “ हिजो बेलुका अगष्ट २३, २०१४ शनिबार का दिन धुमधाम सँग मनाइयो । नेपाली महिला ग्रुप बोष्टन ले क्याम्ब्रिज सिटिको ४०० कार्डिनल मेडिरोज एँभेन्यु स्थित हललाई बिशेष सिगार पटार ले सजाइ कार्यक्रम आयोजना गरेका थिए । त्यहा नेपाली पहिचान रातो साडी रँगि बिरँगि चुरा पोते पाऊजेप छडके तिलहरिले सजिएका करिब ४५० महिला हरु सहभागी भै नया तथा पुराना तिजका गित सगै छमछमि नाचेका थिए । बिदेशीले हेर्दाको त कुरै छाडौ नेपाली आखामा समेत बिशेष कार्यक्रम देखिएको तिज महोत्सवले सबैको मन जितेको थियो ।



बिदेशमा स्वदेशी पहिचान र नेपाली कला सँस्कृतिलाई शसक्त रुपमा अगाडि बढाऊन अमेरिका स्थित बिभिन्न राज्यबाट नेपाली महिला हरु आएका थिए । नेपाली सेल रोटी दर खिर , जेरि सहितको डिजर्ट समाबेश स्वादिष्ट नेपाली परिकार को मज्जा बेग्लै थियो । बेलुका ६ :३० बजे देखि ११:३० सम्म जमेको तिजमा स्टेजबाट मन्तब्य दिने  कार्यक्रम खासै थिएन । डि जे हेम को टिमले सेट गरेको साऊण्ड सिष्टम मा बजेका रमाईला रमाईला तिजे गितहरु र १० बजेपछिको डिजे धमाकामा बजेका तिजे गितसगै  महिलाहरु नाच्नसम्म नाचेका थिए । पुरुषलाई समावेश नगराईएको सो कार्यक्रममा खाना ब्यबस्था मेडिया र साऊण्ड सिष्टम तर्फ मात्र कताकति २ ४ जना पुरुष देखिन्थे । राताम्य देखिएर नेपाली महिला हरु ब्यबस्थित र मर्यादित तरिकाले तिज मनाएका थिए भने नेपाली सँस्कृति सगै रमाएका थिए ।




ग्रेटर बोष्टनमा नेपाली महिला समुहले यसरी  तिज कार्यक्रम गर्न थालेको यो पाचौ पटक हो । हरेक बर्ष बोष्टनमा तिजको रौनक झन बढेको सहभागीले बताए । २०१० मा एन्थोनि हल समरभिलबाट शुरु गरेको कार्यक्रम लाई यहासम्म ल्याई पुराऊनमा धेरै महिला दिदी बहिनिहरुको हात भएपनि कार्यक्रमको सँयोजन र ब्यबस्थापनको भुमिका निभाइ आएका मिलन थापा पौडेल रमा बुढाथोकी ऊपाध्याय ,पुष्पा गुरुङ ,शर्मिला गौतम तर्फबाट बर्षा गौतम ,लिलिमा श्रेष्ठ र  सेलिया पौड्याल स्जेजमा देखिदा तालिको गडगडाहटले स्वागत गरिएको थियो । बोष्टनको रमाईलो तिजलाई सबैको मन मन मा बसाऊन सबैको प्रयास अनवरत रहेको र यसको लागी आगामी दिन्मा झन हातमा हात र साथमा साथ चाहिएको भन्दै आगामी बर्ष आयोजकको रुपमा सक्रिय हुन इच्छुक महिला दिदी बैनीलाई आयोजक सदस्य लाई सम्पर्क गर्न अनुरोध गरिएको थियो ।


जसरि माइत गयर दु:ख सु:ख पोखिन्थ्यो रमाईलो गरिन्थ्यो त्यो घर मिस नहोसअमेरिका आएपनि आफ्ना छोराछोरिले आफ्नो रितिरिवाज नबिर्सुन भन्ने हेतुले आफुहरुले महिना दिन लगायर राता रात नसुतेर मिठो मिठो खानेकुरा तयार गर्दै दु:ख सु:ख बिर्साऊने गरि रमाईलो तिज आयोजना गरेका हौ । महिलाको चाड महिलाव्दारा महिलाकै लागी आयोजना गरिएको भन्दै बोष्टनको महिला तिजमा सबैको योगदान बराबर रहेको तर्फ आयोजक दिदि बहिनीले जोड दिए भने शुरुदेखिनै ऊहाहरुको पम्प्लेटमा लेखिएको थियो “ धन भन्दा मन ठुलो हुन्छ , नाचि गाई दर खाईन्छ । मनको बह पोखिन्छ सबै भेटिन्छगौरव चाड नारिको कायम राखिन्छ” ।



कार्यक्रमको बिचमा थोरै समय लिई स्टेजबाट चिट्ठा खोलिएको थियो । मेरलोज सिटि बाट आएकी टिकट नँ ७८८ भएकि बिनु श्रेष्ठलाई प्रथम पुरस्कारक्याम्ब्रिज सिटिबाट बाट आएकी टिकट नँ. ९१६ कि अञ्जना श्रेष्ठलाई लाई व्दितिय पुरस्कार र चिट्टा नँ ७२३ भएकि समरभिल सिटिबाट आएकि भारति लामालाई  तेश्रो पुरस्कार परेको थियो । कार्यक्रममा ग्रेटरबोष्टनका अग्रणी नेपाली महिला कार्यकर्ता र समाजसेवी लगायत अत्यधिक महिला दिदीबहिनीहरु सहभागि देखिन्थे । पहिलो पटक वेकफिल्ड शहरबाट आएका योनिशा डुम्रे, कबिता रेग्मी, अनिता देबकोटा लगायतले ब्यबस्थापनमा खटने दिदी बहिनीको नाम भन्न अनुरोध गरेका थिए ।


यस बर्षको तिज कार्यक्रमलाई सफल पार्न आ- आफ्नो ठाऊबाट धेरै दिदि बहिनी हरु खटेको कुरा स्टेजबाट बताइयो भने कार्यक्रममा पानीको लागि स्पोन्सर गर्ने सुर्य थापा र  देवी थापा ओली ,सलादको लागी स्पोन्सर गर्ने कृष्ण रेग्मी , मिठाइ जेरीको स्पोन्सर गर्ने डा. ऊषा शर्मा, स्वादिष्ट भोजन बनाऊन  सहयोग गर्ने फिष्टेल किचन र खाना ब्यबस्थापन ऊल्लेखनिय सहयोग गर्ने  धन कुमार गुरुङ, कृष्ण नेपाल, सुर्य थापा, राजेन्द्र बन, बासु बास्कोटा, कुमार तिमिल्सिना, ऊत्सव गुरुङ, भक्त गुरुङ स्टेज डेकोरेशन मा खटने रमन ऊपाध्याय र दिपेश श्रेष्ठ साथै सेल रोटी बनाऊन सहयोग गर्ने ऊमा श्रेष्ठ, अचार बनाऊन खटने हिरु रेग्मी, जया सापकोटा, डि जर्ट मा खटने दुर्गा पौड्याल, लक्ष्मी बन र सरस्वति बोगटी, वाटरमेलन सौजन्य गर्ने सरिता भण्डारी एवँ टिकट बितरणमा सहयोग गर्ने सबै सबै दिदी बहिनी लगायतलाई ऊहाहरुले गरेको बिशेष  सहयोगको लागि धन्यबाद दिइएको थियो भने कार्यक्रममा सहभागी सबै महिला दिदि बहिनी र बिभिन्न कोणबाट साथ दिने सहयोग गर्ने सबै सबै लाई सँझि सँझि हार्दिक आभार  ब्यक्त गरिएको थियो ।

कार्यक्रममा मेडियाको तर्फबाट बोष्टननेपाल डट कम का मिलन गुरुङ साझा डट कम का शान प्रधान धन फोटोग्राफी डट कम का धन श्रेष्ठ तथा बोष्टनका रिपोर्टर यम पौडेल को सहभागिता रहेको थियो । Visit http://milankosansar.com/ for photos and Videos.

धन्यबाद
फोटो साभार : साझा डट कम \ बोष्टन नेपाल डट कम

No comments:

Post a Comment