BostonNepal

Thursday, July 16, 2015

अनेसास बोष्टन च्याप्टरद्वारा आयोजित २०२ औं भानुजयन्ती भव्यताका साथ सम्पन्न

अनेसास बोष्टन च्याप्टरद्वारा आयोजित २०२ औं भानुजयन्ती  भव्यताका साथ सम्पन्न भयो । विशिष्ट विद्वान तथा पूर्व सचिव रामचन्द्र पौडेल"रंघाली" को प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा बोष्टनका प्रायः सबै सामाजिक संस्थाका प्रमुखहरूको पनि उपस्थिति थियो । 


पशुपतिनाथ बुद्ध फ़ाउन्डेशनका अध्यक्ष विष्णु मणि आचार्य, सोही संस्थाका चियर्पर्शन मिलन गुरूंग , हिमालयन लायन्स क्लवका अध्यक्ष तथा प्रसिद्ध फ़ोटोग्राफ़र विमल नेपालको पनि पूरा समयसम्म नै उपस्थिति रहेको थियो । अनेसास केन्द्रका महासचिव गोवर्धन पूजा एवं डा.शिव गौतम ,युवाकवि लालगोपाल सुवेदी, दीपा राई , ममता कर्माचार्य , सुशील नेपाल , डा विनिता शाह , गीतकार अनु शाह , दीनेशराज भन्डारी , कृष्णराज खनाल , प्रसिद्ध भूटानी ग़ज़लकार धन लेप्चा लगायतका कविहरूले भानुको सम्झनामा आ-आफ्ना रचना पाठ गरेका थिए । 


च्याप्टरका सचिव यम पौडेलको विशेष सक्रियताको सबैले उच्च प्रशंसा गरेका थिए भने नेपाली महिला संघकी अध्यक्ष रूक्मिणी कार्कीको गीत र नित्या शर्माको नाचले कार्यक्रमको रौनक़ निकै माथि पुगेको थियो । च्याप्टरकी पूर्व अध्यक्ष डा. उषा शर्माले कार्यक्रम स्थल( हल)को आर्थिक ज़िम्मेवारी लिनुभएकोले वहाँलाई विशेष धन्यवाद पनि दिइएको थियो । कृष्ण खनालद्वारा संचालन गरिएको उक्त समारोहका सभापति च्याप्टरका अध्यक्ष हरिप्रसाद काफ्लेले भानुभक्त आचार्यले नेपालीको मन र मुटुको भाषा प्रयोग गरी रामायण एवं अन्य रचनाहरू लेखेको हुँदा आदि कवि भनिएको भन्ने प्रसंगमाथि प्रकाश पार्दै सबैलाई विशेष धन्यवाद दिनुभएको थियो ।

No comments:

Post a Comment