BostonNepal

Friday, July 24, 2015

बुध्दि कृण्ण लामिछानेलाई वोस्टन लोक सुसेली समुहको सहयोग

अमेरीकाको वोस्टनमा लामो समय देखि नेपाली कला संस्कृतिको जगे॔नाका लागी कटिबध्द धन कुमार गुरूङ र सुन्दर गुरूङको तजबिज अनुसार लामो समय देखि प्यारालाईसिस रोग संग लडि रहनु भएका नेपाली लोक गायक बुध्दि कृण्ण लामिछानेलाई वोस्टन लोक सुसेली समुहको त॔फबाट पठाईएको सहयोग रकम हाल नेपाल  भ्रमण रहेका पशुपतिनाथ बुद्ध फाउन्डेसन का  महासचिब बिरोचन नेपालले आफ्नो भ्रमण  खच॔को कटाएर  केही रकम थप गरी  हस्तान्तरण गरेको उनको फेसबुक स्ट्याटस लेखेका छन्। 


वोस्टन लोक सुसेली समुह अमेरीकाको न्षू ईग्ल्याण भेगको संगित तफ॔को बेजोड समुह हो यहि समुहको सहयोगमा पशुपति नाथ बौद फाउण्डेसन अफ न्यू ईग्लांणले करिब एक लाख डलर संकलन गरी सकेको छ । जुन रकम नेपाली कम्यूनिटी सेन्टर बनाउन खच॔ हुने छ ।

वोस्टन लोक सुसेली समुहमा धन कुमार गुरूङ,सुन्दर गुरूङ,मिन के सि, रन्जन बुढाथोकी,राम थापा,बिनोद वलि,देवि थापा,उत्सब गुरूङ,महेश्वर पन्त,प्रबिण परियार,सागर-हरिमाया खतिवडा लगायतको थुपै कलाकारहरूको आकष॔क संयोजन छ भने विष्णु मणि आचा॔य, मिलन गुरूङ, बिष्णु कार्की लगायतको  ठूलो समूह वोस्टन लोक सुसेली समुहको अभिन्न अंगको रूपमा बोस्टनमा कृयासिल छ ।

वोस्टन लोक सुसेली समुहले पठाएको सहयोग रकम प्रकृति स्वस्थ अस्पताल भिमसेन गोला काठमाडौमा उपचराथ लोक गायक बुध्दि कृण्ण लामिछानेलाई हस्तान्तरण गन॔ प्रबन्ध मिलाई दिएकोमा प्रकाश नेपाल प्रति आभारि गरेकाछन। Photo courtesy Birochan Nepal.

No comments:

Post a Comment