कृष्णराज खनाल, वोस्टन - नेपाली परम्परा र संस्कृतिलाई जीवन्तता दिने उद्देश्यले हरेक वर्षझैँ आइतवार यहाँ नेपाली नयाँ वर्ष २०७२ को उपलक्ष्यमा एक भव्य कार्यक्रम सम्पन्न भयो।
ग्रेटर वोस्टन नेपलिज कम्युनिटी (जीबीएनसी) को आयोजनामा सम्पन्न वैशाखी साँझमा यस भेगका करिब दुइ सय मानिसहरुको उपस्थिति थियो । कार्यक्रमका प्रमुख कलाकारका रुपमा रोहित तिमिल्सिना उपस्थित थिए।उनको व्युटिफुल लेडी र जालमा रेशम फिलिली जस्ता रोचक नृत्यले उपस्थित दर्शकहरु दंग परेका थिए।

यस्ता कार्यंक्रमले मानिसहरुलाई सामाजिक हुन सहयोग पुर्याउँछ एनआरएनका पूर्व अध्यक्ष शिव राईको प्रतिक्रिया छ । कार्यक्रममा उपस्थित हुनुभएकी तृष्णा शर्माको विचार पनि उस्तै उस्तै रहेको छ। उहाँ भन्नुहुन्छ अमेरिकामा आएर पनि यस प्रकारको कार्यक्रममा सहभागी हुनु हाम्रा लागि खुसीको कुरा हो । मलाई यो कार्यक्रम राम्रो लाग्यो...सरु आचार्यको भनाइ रहेको छ।
त्यस अवसरमा जीवीएनसीका अध्यक्ष राम थापाले सो कार्यक्रममा उपस्थित हुनुहुने सबै मानिसहरुलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले नेपाली नेपालीबीच सान्निध्यता ल्याउने भएकोले यो पर्वलाई प्रत्येक वर्ष जीवीएनसीले मनाउँदै आएको स्मरण गर्नुृभयो।
सो अवसरमा प्रमुख अतिथि नेपाली राजदूतावासका निमित्त प्रमुख श्रृmषिराम घिमिरेले यस प्रकारको कार्यक्रम हुनु राम्रो कुरा हो भन्नुभयो । एलिसा थापा र अर्जुन जंग कुँवरले सन्चालन गर्नुभएको सो कार्यक्रममा जीवीएनसीका वरिष्ठ उपाध्यक्ष विष्णुमणि आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। Photos cortesy Pradeep Thapa and Rukmini Karki.
No comments:
Post a Comment